एनपीएल अन्तर्गन आज दुई खेल हुँदै
- गाउँ सहर संवाददाता
- १८ मङ्सिर मंगलबार, २०८१ | ०७:०८:०० मा प्रकाशित
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज (मंगलबार) दुई खेल हुँदै छन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुँदै छ । प्रतियोगितामा सुदूरपश्चिको यो पहिलो खेल हो ।
यता, विराटनगरको भने आज दोस्रो खेल हो । विराटनगर यसअघि पहिलो खेलमा जनकपुर बोल्ट्ससँग आठ विकेटले पराजित भएको थियो ।
यी दुई टिमबीचको खेल बिहान ९ः१५ बजेदेखि सुरु हुनेछ । खेलमा विराटनगर सन्दीप लामिछाने र सुदूरपश्चिम दीपेन्द्रसिंह ऐरीको कप्तानीमा मैदान उत्रिनेछ । यी दुवै खेलाडी राष्ट्रिय क्रिकेट टिमकासमेत नियमित सदस्य हुन् ।
यस्तै, आजको दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा चितवनको यो दोस्रो खेल हो । चितवनले यसअघि आफ्नो पहिलो खेलमा काठमाडौं गुर्खाजविरुद्ध पाँच विकेटको जित निकालेको थियो ।
पोखराको भने प्रतियोगिताको पहिलो खेल हो । त्रिवि क्रिकेट मैदानमै हुने यो खेल दिउँसो १ः१५ बजेदेखि सुरु हुनेछ । खेलमा चितवन कुशल मल्ल र पोखरा कुशल भुर्तेलको कप्तानीमा मैदान उत्रिनेछ । यी दुई कप्तान पनि राष्ट्रिय टिमका नियमित सदस्य हुन् ।
मंसिर १५ गतेदेखि सुरु भएको प्रतियोगितामा कुल आठ टिमको सहभागिता छ । २१ दिनसम्म चल्ने प्रतियोगिताको फाइनल खेल पुस ६ गते हुनेछ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एमपोस मार्फत रिचार्ज गर्दा नेपाल टेलिकमका ग्राहकलाई ८ जीबीसम्म डेटा बोनस
- ‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा समेटिए १० परियोजना (सूचीसहित)
- बुधबारकाे शेयरबजार ओरालो
- एनपीएलमा आज दुई खेल हुँदै
- चीनद्वारा नेपाललाई ९ अर्ब अनुदान दिने घाेषणा
- ग्लोबल आईएमई बैंकका ग्राहकलाई सिग्मा डाइग्नोसिस ल्याबमा ४० प्रतिशत छुट
- चिनियाँ राष्ट्रपतिसँग प्रधानमन्त्री ओलीको भेटवार्ता
- नेपाल र चीनबिच यी विषयका सहमतिपत्रमा भए हस्ताक्षर
- सुदूरपश्चिम रोयल्सले पहिलाे खेल जित्दा विराटनगरको लगातार दोस्रो फराकिलो हार
- रवि लामिछानेलाई बयानका लागि चितवन लगियो
प्रतिकृया दिनुहोस