‘सत्ताधारी पार्टीकाे भनाइमा राष्ट्रियताको कुरा छ, गराइमा लम्पसारवाद उन्मुख’ : डा.लोहनी
- गाउँ सहर संवाददाता
- ८ फाल्गुण शनिबार, २०७७ | १६:५७:०० मा प्रकाशित
कपिलवस्तु । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले सत्ताधारी पार्टीको भनाइमा राष्ट्रियताको कुरा तर गराइमा लम्पसारवाद उन्मुख भएको बताएका छन् ।
शनिबार राप्रपा कपिलवस्तुले आयोजना गरेको सभालाई सम्बोधन गर्दै अध्यक्ष लोहनीले सत्ताधारी पार्टी भनाइ र गराइमा फरक रहेकाे बताएका हुन् ।
उनले भने, ‘भनाइमा राष्ट्रियताको कुरा छ, गराइमा लम्पसारवाद उन्मुख भएको छ । भनाइमा भ्रष्टाचार विरोधी छ, गराइ भ्रष्टाचार संरक्षणमा केन्द्रित छ । भनाइ निष्पक्ष प्रशासनको छ । गराइ हरेक तहमा पार्टीगत भागवन्डामा सीमित छ । भनाइमा संविधानको संरक्षण भनिन्छ गराइमा ऐन कानुन र संविधान सत्ता स्वार्थको हतियार मात्र भएको छ । नारा प्रजातन्त्रको छ व्यवहार अधिनायकवाद र सर्वसत्तावाद उन्मुख रहेको छ।’
वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि जनाएका छन् । लोहनीले राजनीतिक समस्या समाधान भएको र अब समृद्धिको युगको सुरुवात हुनेछ भनि तीन वर्ष अगाडि जनतालाई भएकोमा परिस्थिति ठिक उल्टो भएको बताए ।
उनले देशको राजनीति अस्थिर र अन्योलपूर्ण भएको बताए । भाइमा जनताको हितको नारा र गराइ भने सत्ताधारी पार्टीको भारदारी वर्गको भ्रष्ट स्वार्थमा राज्य केन्द्रित हुन थालेको उनले बताए ।
उनले राप्रपाले वोकेको लोकप्रिय ऐजेन्डा संविधान भित्रको राजसंस्था र सर्वधर्म समभाव नेपालको पहिचान हिन्दूराष्ट्रको साथर्कता अव पहिले भन्दा पनि जरुरी भएको बताए ।
उलने संविधानमा कतै नभएको धारा प्रयोग गरि जनप्रतिनिधिमुलुक संस्था विघटन गरेपनि यसको अन्तिम फैसाल सर्वोच्च अदालतले गर्ने र त्यो फैसलाले राजनीतिक रुपमा बन्धक रहेको अवस्थावाट मुलकलाई पार लगाउने समेत बताए । सभालाई राप्रपाका केन्द्रीय नेताहरु ध्रुव रायमाझी,कृष्ण चौधरी, इद्रिस मुसलमान, खनिज फतेम,जनक पाठक लगायतका नेताहरुले सम्बोधन गरेका थिए।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
- राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी
प्रतिकृया दिनुहोस