स्वास्थ्य

विश्वभर काेराेना संक्रमितमध्ये ९६ हजारकाे अवस्था गम्भीर, साढे ८ कराेड मानिस संक्रमणमुक्त

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोनाभाइरसबाट संक्रमित हुने र निको हुने दुवैको संख्या बढिरहेको छ । विश्वभर हाल २ कराेड २६ लाख ६४ हजार जनामा काेराेनाभाइरस सक्रिय छ । 

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या ८ करोड ५३ लाख १४ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने ११ करोड ४ लाख १९ हजार नाघेको छ भने मृतकको संख्या २४ लाख ३९ हजार ८४९ जना पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये ९६ हजार १६ जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा २ कराेड ८४ लाख ५३ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म ५ लाख २ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने १८ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म १ कराेड ८५ लाख ९६ हजार भन्दा बढि जना निको भइसकेका छन् भने ९३ लाख ५४ हजार जनामा भाइरस सक्रिय छ । 

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म १ कराेड ९ लाख ४९ हजार ५४६ जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये १ लाख ५६ हजार ३८ जनाको ज्यान गइसकेको छ । जसमध्ये १ कराेड ६ लाख ५४ हजार ७०६ जना निको भएका छन् । सक्रिय केस १ लाख ३८ हजार ८०२ मात्र छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । 

तेस्राे स्थानमा रहेकाे ब्राजिलमा ९९ लाख ७९ हजार जना संक्रमितमध्ये ८९ लाख ५० हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने २ लाख ४२ हजारभन्दा बढी छन् । हाल ७ लाख ८६ हजार जनामा काेराेना भाइरस सक्रिय छ । 

नेपालमा भाइरस संक्रमित २ लाख ७३ हजार ७० जना पुगेका छन् भने २ लाख ६९ हजार ३९४ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या २ हजार ५५ पुगेको छ भने १ हजार ६२१ जना उपचाररत छन्  ।

गाउँ सहर डेस्क

तपाईँको मत