खेल

बार्सिलोनामाथि पिएसजीको शानदार जीत

एजेन्सी । युरोपियन च्याम्पियन्स लिग फुटबलमा बार्सिलोना पराजित भएको छ । फ्रान्सको पेरिस सेन्ट जर्मेन (पिएसजी) ले बार्सिलोनालाई ४–१ ले हराएको छ । गएराति बार्सिलोनाको मैदानमा भएको राउण्ड अफ सिक्सटिनको पहिलो लेगको खेलमा पिएसजीले बार्सिलोनामाथि फराकिलो जीत निकालेको हो ।

पीएसजीका लागि किलियन एम्बाप्पेले ह्याट्रिक गर्दा मोइज किनले एक गोल थपे । बार्साका लियोनल मेस्सीले पेनाल्टीमार्फत पहिलो गोल गरेका थिए । पहिलो लेगमा फराकिलो हार भोगेसँगै बार्सिलोना दोस्रो लेगअघि दबाबमा परेको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत