पछिल्लाे २४ घण्टामा १२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, १४४ जना संक्रमणमुक्त
- गाउँ सहर संवाददाता
- ३ फाल्गुण सोमबार, २०७७ | १६:५९:०० मा प्रकाशित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ८४० पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १ हजार ५८१ रहेको छ ।
पछिल्लो २४ घण्टामा थप १४४ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ६९ हजार २०४ पुगेको छ ।
उनीहरू देशका विभिन्न स्थानका अस्पताल तथा होम आइसोलेसनबाट संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो ।
नेपालमा पछिल्लो २४ घण्टामा १ जना संक्रमितको निधन भएको मन्त्रालयले जानकारी दिएको छ । नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ५५ पुगेको मन्त्रालयले जनाएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस