समाज

सवारी दुर्घटनामा दुई जनाको मृत्यु 

पोखरा । पोखरामा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पोखराको बुलौदी र हेम्जा याम्दीमा भएका छुट्टाछुटै दुर्घटनामा परी दुई जनाको मृत्यु भएको हो । दुर्घटनामा परी एक जना गम्भिर घाईते भएका छन् ।

लेकसाइडबाट जिरो किलोमिटर तर्फ आउँदै गरेको ग १३ प ३९२५ नम्बरको मोटरसाइकल बुलौदीमा दुर्घटना  भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा स्याङ्जा फेदिखोला गाउँपालिका १ मट्टिखानका १९ वर्षीय विवेक क्षेत्री रहेका छन् । 

बुलौदीमा आज राति १ बजे भएको दुर्घटनामा मटिट्टाखानकै २५ वर्षीयय दिवश गुरुङ घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको र अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी पोखरा २५ याम्दीमा भएको सवारी दुर्घटनामा गम्भिर घाइते भएका स्याङ्जा पुतलीबजार नगरपालिका ९ लामागे घर भई पोखरा ९ नागढुङ्गा बस्ने ४० वर्षका श्रीकृष्ण भण्डारीको मृत्यु भएको प्रहरीले बताएको छ ।

भण्डारीको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरले जनाएको छ । बाग्लुङबाट पोखरा आउँदै गरेको ध १ ज ९८८ नम्बरको ट्याक्सीले हेम्जा याम्दीमा ग १७ प ९१६२ नम्बरको भण्डारी सवार स्कुटरलाई ठक्कर दिएको थियो । 

घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । 

गाउँ सहर डेस्क

तपाईँको मत