नेपालकै पहिलो मोटरसाइकल म्युजियम
- गाउँ सहर संवाददाता
- १ फाल्गुण शनिबार, २०७७ | १३:३८:०० मा प्रकाशित
काठमाडौं । मोरटसाइकल व्यवसायी शौरभ ज्योतिले ‘एसजे माटो’ नामक मोटरसाइकल म्युजियम सञ्चालनमा ल्याएका छन् ।
लामो समयदेखि मोटरसाइकल व्यवसायमा संलग्न ज्योतिले ल्याएको ‘एसजे माटो’ नेपालकै पहिलो हो ।
उक्त म्यूजियममा नेपालमा सुरुवाती दिनमा आएका मोटरसाइकलदेखि पछिल्लो समय विश्व बजारमा चलेका ब्राण्डेट मोटरसाइकमोटरसाइकल म्युजियमलसम्म राखिएको सञ्चालक ज्योतिले बताए ।
म्यूजियमको उद्घाटन गर्दै ज्योतिले भने, ‘म्यूजिएम खोल्ने मेरो पहिले देखिकै सपना थियो जुन आज पुरा भएको छ ।’
‘सबै साथी, परिवार र शुभचिन्तकहरुको माया र साथ सहयोगले नै आज मेरो सपना पुरा भएको छ,’ उनले भने ।
अब नेपालका नयाँ तथा पुराना मोडलका मोटरसाइकलहरु हेर्नबाट कोही बन्जित हुनु नपर्ने बताउँदै ज्योतिले भने, ‘म्युजियमा बजारमा पाइने नयाँ र पुरानो मोडलका मोटरसाइकल राखिएको छ । जसलाई आम सर्वसाधारणले पनि हेर्न पाउने छन् ।’
ज्योतिले म्यूजियममा कफी सपसमेत सञ्चालनमा ल्याएका छन् । आफ्नै उत्पादनलाई जोड दिनुपर्छ भन्ने सोचले म्यूजियमा कफीसप सञ्चालनमा ल्याएको उनले बताए ।
कसैले आफुसँग भएको पुरानो मोटरसाइकल म्यूजियमा राख्न चाहेको खण्डमा उक्त व्यक्तिको नाम लेखेर राख्न सकिने पनि ज्योतिले बताए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एनपीएलको विजेतालाई १ करोड ५० लाख
- दसैँमा उपत्यकामा ९७ करोडको खसीबोका र च्याङ्ग्रा कारोबार
- बडादसैँको अन्तिम दिन: देवी महालक्ष्मीको पूजा आराधना गरिँदै
- आगामी पाँच दिन देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
प्रतिकृया दिनुहोस