स्वास्थ्य

नेशनल कलेजका ८८ विद्यार्थी दीक्षित

काठमाडौं । काठमाडौं विश्वविद्यालय स्कुल अफ आर्टस्ले नेशनल कलेजको लागि २६ औं दीक्षान्त समारोह शुक्रबार सम्पन्न गरेको छ ।

नेशनल कलेज परिसर धुम्बाराहीमा भएको उक्त समारोहमा सन् २०१६–२० ब्याचका ८८ विद्यार्थीलाई स्कुल अफ आर्टस्का डिन तथा सभासद् प्रा. डा.सागरराज शर्मा र काठमाडौं युनिभर्सिटीकी सभासद् इकुमाया पुनले दीक्षित गर्दै प्रमाणपत्र प्रदान गरेका छन् ।

कार्यक्रममा ब्याचलर इन डेभलपमेन्ट स्टडिजकी श्रेया पौडेल, ब्याचलर इन डेभलपमेन्ट फाइनान्सकी रसिका बोहोरा र ब्याचलर अफ सोसियल साइन्सकी शिला थापाले आ-आफ्ना विषयमा सर्वोत्कृष्ट नतिजा हासिल गरेकोले स्वर्ण पदकद्वारा सम्मान गरिएको छ ।

कोभिड–१९ को महामारीकाबीच पनि कलेजले ब्याचलर डिग्रि प्रदान गर्ने गरी शैक्षिक कार्यक्रम जारी राखेर सफलता प्राप्त गरेको काठमाडौं विश्वविद्यालय स्कुल अफ आर्टस्ले जनाएको छ ।

गाउँ सहर संवाददाता