अर्थतन्त्र

बिहीबार सुनचाँदीको मूल्य कति ?

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ ।  मंगलबार तोलामा १ हजार ५०० रुपैयाँले बढेको सुनको भाउ बुधबार स्थीर रहेकोमा बिहीबार घटेको महासंघले जनाएको छ ।

महासंघका अनुसार छापावाला सुन तोलाको ४०० रुपैयाँ, तेजावी ४५० रुपैयाँ र चाँदी २५ रुपैयाँले घटेको हो । महासंघका अनुसार बिहीबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ५०० रुपैयाँ, तेजावी ९१ हजार रुपैयाँ र चाँदी १ हजार ३१५ रुपैयाँ तोकिएको महासंघले बताएको छ ।

बुघबार छावापाला सुन प्रतितोला ९१ हजार ९०० रुपैयाँ, तेजावी ९१ हजार ४५० रुपैयाँ र चाँदी प्रतितोला १ हजार ३४० रुपैयाँमा कारोबार भएको थियो ।

गाउँ सहर डेस्क

तपाईँको मत