अर्थतन्त्र

बुधबार सुनचाँदीको मूल्य स्थिर

काठमाडौँ । बुधबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको  छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार १ हजार ५ सयले बढेको सुनको मूल्य बुधबार स्थीर भएको हो । यस्तथै चाँदीको मूल्य पनि बढेको छैन ।

बुधबार छावापाला सुनको मूल्य प्रतितोला ९१ हजार ९०० रुपैयाँ, तेजावी ९१ हजार ४५० रुपैयाँ र चाँदी प्रतितोला १ हजार ३४० रुपैयाँमा कायम गरिएको महासंघले जनाएको छ ।

मंगलबार पनि सुनचाँदी सोही मूल्यमा कारोबार भएको महासंघले बताएको छ । 

गाउँ सहर डेस्क

तपाईँको मत