अर्थतन्त्र

उकालो लाग्यो सुनचाँदीको मूल्य

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । गत साता तोलामा २ हजारले घटेको सुनको भाउ यस साताको पहिलो कारोबार दिनमा नै तोलामा ६०० रुपैयाँले महङ्गिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार आज छापावाला सुन तोलाको ९० हजार ६०० रुपैयाँ, तेजावी सुन ९० हजार १५० रुपैयाँ र चाँदीको भाउ तोलामा १ हजार ३१० रुपैयाँ भाउ निर्धारण गरिएको छ ।

गत शुक्रबार छापावाला सुन प्रतितोला ९० हजार रुपैयाँ, तेजावी सुनको मूल्य ८९ हजार ५५० रुपैयाँ र चाँदी १ हजार २९० रुपैयाँमा कारोबार भएको थियो । सुनसँगै चाँदीको भाउ पनि आइतबार तोलामा २० रुपैयाँले बढेको महासंघले बताएको छ ।

शुक्रबार छापावाला सुन तोलाको १ हजार १०० रुपैयाँ, तेजावी सुन १ हजार ५० रुपैयाँ र चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेको थियो ।

गाउँ सहर डेस्क

तपाईँको मत