समाज

जिप दुर्घटनामा हुँदा एक जनाको मृत्यु, १० जना घाईते

 बुटवल ।  जिप दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ । प्युठान जिल्लामा जिप दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको हो । दाङको भालुवाङबाट रोल्पाको सुलीचौरका लागि छुटेको रा १ ज ८०९ नम्बरको स्कारपियो जिप शुक्रबार बिहान प्युठानको सरुमारानी गाउँपालिका–६ मोतीपुरमा दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय प्युठानमा अनुसार दुर्घटनामा अर्घाखाँची शीतगंगा नगरपालिका–७ का ४२ वर्षीय टंकबहादुर बुढाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा अन्य १० जना घाईते भएका छन् । 

घाइतेमध्ये चालक दशरत विश्वकर्मालाई उपचारका लागि बुटवल ल्याइएको छ भने अन्य ९ जना घाइतेको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत