समाज

छुट्टाछुट्टै स्थानमा चारजना मृत अवस्थामा फेला

काठमाडौं । छुट्टाछुट्टै स्थानमा चारजना मृत अवस्थामा फेला परेका छन् । कैलाली, भक्तपुर, सर्लाही र काभ्रेमा चारजना मृत अवस्थामा फेला हुन् ।

कैलालीको गौरीगंगा नगरपालिका–२, महुन्याल टोल जब्दास्थित गोठको आँगनमा सोही ठाउँ बस्ने ७० वर्षीय रङ्गे औजी मृत अवस्थामा फेला परेका छन् ।

भक्तपुरको चाँगुनारायण नगरपालिका–८, सुडालस्थित ठूली ब्रम्हायणी मन्दिरमा सोही पाटीबाहिर बस्दै आएका हाल वतन र उमेर नखुलेको शंकर दास मृत अवस्थामा फेला परेका छन् ।

सर्लाहीको गोडैता नगरपालिका–१, बहादुरपुरस्थित लखनदेही खोलाको किनारमा हाल नाम, थर, वतन नखुलेका करिब ६० वर्षीय पुरुष मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । 

काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका–७, मादन कुडारीस्थित खार्पा भिरको बाटोदेखि करिब ५० मिटर तल चौरीदेउराली–५, ढोकेडाँडा बस्ने ५९ वर्षीय नरहरि गौतम मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ । 

गाउँ सहर डेस्क

तपाईँको मत