फिल्म ‘बनवास’ मा छोरीलाई हिरोइन बनाउँदै करिश्मा
- गाउँ सहर डेस्क
- २० माघ मंगलबार, २०७७ | १२:०७:०० मा प्रकाशित
काठमाडौँ । फिल्म ‘बनवास’ मा अभिनेत्री करिश्मा मानन्धरले छोरीलाई हिरोइन बनाउने भएकी छन्र । करिश्माले फिल्म ‘बनवास’ निर्माण गर्ने भएकी छन् । सामाजिक संजाल फेसबुक मार्फत उनले फिल्मको घोषणा गरेकी हुन् ।
फिल्ममा उनकी छोरी कविता र अभिनेता सरोज खनालको मुख्य भूमिका रहने छ । बाबुछोरीको सम्बन्धको विषयमा आफूले फिल्म ‘बनबास’ बनाउन लागेको करिश्माले बताएकी छन् । ‘केही अगाडिदेखि यो फिल्मको तयारीमा थिएँ’ मानन्धरले भनिन् ‘अहिले आएर घोषणा गरेकी हुँ ।’ फेसबुकमा करिश्माले फिल्मको थिम पोस्टर समेत सार्वजनिक गरेकी छन् ।
उनका अनुसार फिल्म सुशील क्षेत्रीले निर्देशन गर्दैछन् । छायाँकार समेत रहेका क्षेत्रीले नै यसको कथा तयार पारेका हुन् ।
असार साउनमा छायाँकनमा जाने गरेर तयारी भइरहेको फिल्मको अन्य जानकारी एक कार्यक्रम सहित दिने करिश्माले जनाएकी छन् ।
गाउँ सहर डेस्क
डेस्क गाउँ सहर डटकम टीमकाे टेवलवर्क हाे ।
- थाहा पाइराख्नुहाेस् कस्ताे थियाे नेपालकाे पहिलाे बजेट ?
- विश्व हाँसो दिवस : एउटा मुस्कानले बदल्न सक्छ जीवन
- बुद्ध जयन्तीको अवसरमा स्वयम्भूनाथ र बाैद्धनाथ स्तूप (तस्बिरहरू)
- वैशाख १ मा मात्र फूल्ने अनाैठाे फूल ! के भन्छन् वनस्पतिविद्
- सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपतिको सम्बोधन LIVE
- आज जन आन्दोलन दिवस मनाइँदै
- पृथ्वीनारायण शाहका दिव्योपदेश : सधैँ सान्दर्भिक
- आनीबाट महिला राइडरसम्म सविना गोले र दुई पाङ्ग्रे क्वीन्सको धादिङ यात्रा
- दशैँ : कुन दिन कसकाे पूजा गरिन्छ, टीका कता फर्किएर लगाउने ?
- सहज जीवन चाहनुहुन्छ? यी कुरा ध्यान दिनुहोस्
प्रतिकृया दिनुहोस