फिल्म ‘बनवास’ मा छोरीलाई हिरोइन बनाउँदै करिश्मा
- गाउँ सहर डेस्क
- २० माघ मंगलबार, २०७७ | १२:०७:०० मा प्रकाशित

काठमाडौँ । फिल्म ‘बनवास’ मा अभिनेत्री करिश्मा मानन्धरले छोरीलाई हिरोइन बनाउने भएकी छन्र । करिश्माले फिल्म ‘बनवास’ निर्माण गर्ने भएकी छन् । सामाजिक संजाल फेसबुक मार्फत उनले फिल्मको घोषणा गरेकी हुन् ।
फिल्ममा उनकी छोरी कविता र अभिनेता सरोज खनालको मुख्य भूमिका रहने छ । बाबुछोरीको सम्बन्धको विषयमा आफूले फिल्म ‘बनबास’ बनाउन लागेको करिश्माले बताएकी छन् । ‘केही अगाडिदेखि यो फिल्मको तयारीमा थिएँ’ मानन्धरले भनिन् ‘अहिले आएर घोषणा गरेकी हुँ ।’ फेसबुकमा करिश्माले फिल्मको थिम पोस्टर समेत सार्वजनिक गरेकी छन् ।
उनका अनुसार फिल्म सुशील क्षेत्रीले निर्देशन गर्दैछन् । छायाँकार समेत रहेका क्षेत्रीले नै यसको कथा तयार पारेका हुन् ।
असार साउनमा छायाँकनमा जाने गरेर तयारी भइरहेको फिल्मको अन्य जानकारी एक कार्यक्रम सहित दिने करिश्माले जनाएकी छन् ।

गाउँ सहर डेस्क
डेस्क गाउँ सहर डटकम टीमकाे टेवलवर्क हाे ।
- सहज जीवन चाहनुहुन्छ? यी कुरा ध्यान दिनुहोस्
- बालबालिकालाई के सिकाउने, के नसिकाउने
- खासमा तीज के हो, किन मनाइन्छ ? कसरी सुरु गरियो ? यससँग जोडिएको अर्थ र वास्तविकता
- किन पूजिन्छ श्रीकृष्ण, उनको जीवनबाट मानवजातीले के सिक्ने ?
- के जीवन यति जटिल हुनुपर्ने हो? कसरी सहज बनाउने ?
- शैक्षिक क्षेत्रमा 'उत्कृष्ट नतिजा' नै विद्यार्थीले रिलायन्स कलेज छान्नुकाे अब्बल आधार
- असार १५ मा रोपाइँमा सरिक नहुनेले पनि दही चिउरा खानैपर्ने हाे र ? दही चिउरा नै किन खाने ?
- हप्ताको एउटै दिनले कसरी व्यक्तिगत र सामाजिक रूपान्तरण सम्भव छ?
- गर्मीमा शरीरलाई शितल राख्न के-के खाने ?
- पानी पिउँदा गर्नुहुन्न यस्तो गल्ती
प्रतिकृया दिनुहोस