राजनीति
अभिनेत्री करिश्मा मानन्धर मंगलबार एमाले प्रवेश गर्दै
- गाउँ सहर संवाददाता
- ८ चैत मंगलबार, २०७८ | १०:२६:०० मा प्रकाशित

काठमाडाैं । अभिनेत्री करिश्मा मानन्धर आज नेकपा एमाले प्रवेश गर्ने भएकी छन् । दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा पार्टी प्रवेश गर्ने कार्यक्रममा उनी मंगलबार औपचारिक रूपमा पार्टी प्रवेश गर्न लागेकी हुन् ।
एमाले नेता विष्णु रिजालले मानन्धरसँगै पूर्वमन्त्री प्रेमबहादुर सिंहको नेतृत्वको समाजवादी जनता पार्टी पनि एमालेमा समाहित हुने कार्यक्रम रहेको जानकारी दिएका छन् ।
डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा संघीय समाजवादीमा एकीकरण भएपछि पनि करिश्माले केही समय काम गरिन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस