यसकारण महत्वपूर्ण छ नेपालकै ठूलो सब-स्टेसनकाे (फाेटाे-कथा)
- गाउँ सहर संवाददाता
- १९ माघ सोमबार, २०७७ | १४:२०:०० मा प्रकाशित
काठमाडौं । नेपालकै सबैभन्दा ठूलाे सबस्टेशनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । धनुषाको ढल्केबरमा नेपाल सरकार र विद्युत् प्राधिकरणको संयुक्त लगानीमा देशकै ठूलो ४ सय केभीको सब–स्टेसनको सोमबार प्रधानमन्त्री ओलीले उक्त सब–स्टेसनको उद्घाटन गरेका हुन् ।
प्रधानमन्त्री ओलीले विकास विरोधी तत्वहरुलाई पन्छाएर भएर पनि देशको विकास गरिछाड्ने प्रतिवद्धता व्यक्त गरेका छन् । सरकारको प्रमुख लक्ष्य नै देशको समृद्धि भएकाले झिनामसिना अवरोधले केही फरक नपर्ने बताए ।
नेकपा पार्टी अहिले निद्राबाट व्यूँझिएजस्तो भएको छ” प्रधानमन्त्री ओलीले भने, “पार्टीबाट दुई चार जना मान्छे बाहिरिदैमा कुनै फरक पर्दैन, त्यस्तो मान्छे बाहिर जाँदा पार्टी शुद्धीकरण भएको छ ।” सरकार सानातिना कुरामा नअल्झिने प्रष्ट पार्नुहुँदै उनले थपे, “सरकारले निर्वाचनको मिति तोकिसकेको छ, तोकिएकै मितिमा निर्वाचन हुन्छ, साथ दिन सबैमा आग्रह गर्दछुँ ।”
यसकारण महत्वपूर्ण छ याे सबस्टेशन
प्रदेश नं २ को धनुषा जिल्ला मिथिला नगरपालिका वडा नं.-७ मा अवस्थित ढल्केबर अयोजनामा ३१५ एमभीए क्षमताका तीन थान ४०० र २२० के.भी. ट्रान्सफरमरहरु तथा ८० एकमीए. क्षमता भएको एकथान ४०० के.भी. रियाक्टर जडित यस ४०० के.भी. सबस्टेशनबाट करिब ९०० मेगावाट विद्युत ४०० के.भी. र २२० के.भी. मा आदानप्रदान गर्न सकिन्छ ।
ढल्केबर मुजफ्फरपुर ४०० के. भी. प्रसारण लाइन मार्फत भारतसँग करिब एह हजार मेगावाट सम्मविद्युत आदानप्रदान गर्न सकिन्छ भने हेटौडादेखि इनरुवासम्म बन्दै गरेको ४०० केभी प्रसारण लाईनको निर्माण पछि करीब दुई हजार मेगावाटसम्मको विद्युत हेटौडा तर्फ २०००मेगावाटसम्मको विद्युत इनरुवातर्फ आदानप्रदान गर्न सकिने क्षमता तैयार हुनेछ ।
सबस्टेशन जिआइएस प्रविधियुक्त स्वचालित हो । सबस्टेशनमा जडान गरिएको ३१५ एमभीएको थप पावर ट्रान्सफर्मरको गत पुस १९ गतेदेखि चार्ज गरेर सबै परीक्षण सम्पन्न गरिसकिएको छ ।
मुलुकभित्र नै पूर्व–पश्चिम विद्युत् आपूर्ति र भारतसँग विद्युत् व्यापारका लागि ढल्कबेर सबस्टेशन ठूलो हब बनेको छ ।
सबस्टेशन चार्ज भएपछि नेपाल–भारतबीच करिब एक हजार मेगावाट विद्युत् आयात निर्यातका लागि पूर्वाधार तयार भएको छ । साथै ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा सहजरूपमा प्रवाह गर्न र मुलुकभित्र खपत हुन नसकेको विद्युत् भारत निर्यात गर्न सकिने छ ।
‘कूल ३१५ एमभीएको ट्रान्सफर्मर चार्ज भएसँगै अब जाडोमा भारतबाट थप करिब १०० मेगावाट विद्युत् आयात गरी देशभित्रको विद्युत् माग धान्न आपूर्ति गर्न सकिन्छ । यस्तै ४५६ मेगावाटको माथिल्लो तामाकोशी आएपछि आन्तरिकरूपमा खपत हुन नसकेको विद्युत् निर्यात गर्न पूर्वाधार तयार भएको छ’, कामु कार्यकारी निर्देशक शाक्यले भने ।
प्राधिकरण प्रसारण निर्देशनालयका अनुसार ढल्केबर–मुजफ्फपुर प्रसारण लाइनमार्फत भारतीय पक्षसँग भएको सम्झौताअनुसार थप बिजुलीसमेत आयात गर्न सकिन्छ ।
खिम्ती–ढल्केबरलाई २२० केभी डबल सर्किटमा छिट्टै चार्ज गर्ने गरी काम भइरहेको छ । ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको विद्युत् यही प्रसारण लाइनमार्फत ढल्केबर पुर्याइने छ ।
आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा सहजरूपमा प्रवाह गर्न र मुलुकभित्र खपत हुन नसकेको विद्युत् भारत निर्यात गर्न सकिने छ ।
कूल २२० केभी प्रसारण लाइनमार्फत ढल्केबर सबस्टेशनमा आएको माथिल्लो तामाकोशीको विद्युत्लाई त्यहाँबाट आन्तरिक खपतका लागि पूर्व र पश्चिम पठाउन सकिन्छ ।
वर्षायाममा बढी भएको खण्डमा ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत भारतमा सिधै निर्यात गर्न सकिन्छ । दुई मुलुकबीच इनर्जी बैकिङ गर्नसमेत बाटो खुल्ने छ । दुई मुलुकबीच इनर्जी बैकिङ गर्ने सैद्धान्तिक सहमति भइसकेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
- इलाम-१ मा उपनिर्वाचनका लागि यी २० दल भए दर्ता
- धरौटीमा छुटे सुन तस्करी प्रकरणमा पक्राउ परेका गुरुङ
- दुर्गा प्रसाईँका सुरक्षा गार्ड पक्राउ, साथबाट हतियार र सय राउण्ड गोली बरामद
- दीपक मनाङे बने भौतिक पूर्वाधार मन्त्री
- केही दिनदेखि शेयरबजारमा देखिएन उत्साह
- ‘नेता कुटपिटमा हाम्राे कुनै संलग्नता छैन, झुठो आरोप लगाइयो’
- प्रतिनिधिसभा बैठक प्रत्यक्ष प्रसारण
- माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ
प्रतिकृया दिनुहोस