स्वास्थ्य
परीक्षण घट्यो, पछिल्लो २४ घण्टामा कोरोनाका कारण दुई जनाको ज्यान गयो, नयाँ १०५ थपिए
- गाउँ सहर संवाददाता
- १८ माघ आइतबार, २०७७ | १६:४३:०० मा प्रकाशित

काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका कारण थप दुई जनाले ज्यान गुमाएका छन् । योसहित कुल मृतकको संख्या २ हजार २९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २८८ जनाले स्वास्थ्य लाभ गरेका छन भने नयाँ संक्रमित १०५ जना थपिएका छन् ।
अहिले देशमा सक्रिय संक्रमितको संख्या २ हजार ५९४ रहेको छ ।
देशमा निरन्तर कोरोना परीक्षण घटिरहेको छ जसले गर्दा संक्रमितको दरपनि घटिरहेको छ । दिनहुँ आन्दोलन र भिड बढेपनि संक्रमितको संख्या घट्नुले सबैलाई चकित बनाएको छ ।
पछिल्लो २४ घण्टामा ३ हजार ३०८ जनाको पिसिआर परीक्षण भएको छ । याेसहित कुल पिसिआर गर्नेकाे संख्या २० लाख ७१ हजार ७ पुगेकाे छ ।
देशमा आज कोरोना खोप अभियानको पाँचौ दिन देशका विभिन्न स्थानमा खोप लगाइरहेका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
प्रतिकृया दिनुहोस