स्वास्थ्य
परीक्षण घट्यो, पछिल्लो २४ घण्टामा कोरोनाका कारण दुई जनाको ज्यान गयो, नयाँ १०५ थपिए
- गाउँ सहर संवाददाता
- १८ माघ आइतबार, २०७७ | १६:४३:०० मा प्रकाशित
काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका कारण थप दुई जनाले ज्यान गुमाएका छन् । योसहित कुल मृतकको संख्या २ हजार २९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २८८ जनाले स्वास्थ्य लाभ गरेका छन भने नयाँ संक्रमित १०५ जना थपिएका छन् ।
अहिले देशमा सक्रिय संक्रमितको संख्या २ हजार ५९४ रहेको छ ।
देशमा निरन्तर कोरोना परीक्षण घटिरहेको छ जसले गर्दा संक्रमितको दरपनि घटिरहेको छ । दिनहुँ आन्दोलन र भिड बढेपनि संक्रमितको संख्या घट्नुले सबैलाई चकित बनाएको छ ।
पछिल्लो २४ घण्टामा ३ हजार ३०८ जनाको पिसिआर परीक्षण भएको छ । याेसहित कुल पिसिआर गर्नेकाे संख्या २० लाख ७१ हजार ७ पुगेकाे छ ।
देशमा आज कोरोना खोप अभियानको पाँचौ दिन देशका विभिन्न स्थानमा खोप लगाइरहेका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
प्रतिकृया दिनुहोस