समाज

पाल्पामा अबैध सालको काठ बरामद 

पाल्पा । प्रहरीले अबैध सालको काठ बरामद गरेको छ । पाल्पाको रामपुरबाट अबैध सालको काठ बरामद गरेको हो  । बिहीबार राति रामपुर–५, पानीबाधा भन्ने स्थानबाट ११० क्वीबफिट सालका चिरान काठ बरामद गरिएको प्रहरले जनाएको छ ।

काठको अबैध तस्करी गर्ने तस्करले रातिको समयमा चिरान काठ बाटैमा छाडेर फरार भएको डिभिजन वन कार्यालय पाल्पाका सहायक वन अधिकृत सुजन राजभण्डारीले जानकारी दिएका छन् । काठ तस्करले रातको समयमा बाटैमा काठ बेवारिसे छाडेर फरार भएको र थप अनुसन्धान कार्य चलिरहेको उनले बताए ।

पछिल्लो समय वनमा कटान भईसकेका काठ समेत निकासी हुन नपाएका कारण तस्करी बढेको हुन सक्ने वनका कर्मचारीहरुको भनाई छ । केही महिनाअघि पनि रामपुर क्षेत्रमै खोलामा सालका काठ बगाएर तस्करी गरिएको प्रहरीले बताएको छ । 

गाउँ सहर डेस्क

तपाईँको मत