कला

बेबी–बम्पमा करिनाको फोटोसुट

एजेन्सी । बलिउड अभिनेत्री करिना कपुरले गर्भवती अवस्थामा विभिन्न योग आसन र पोजमा फोटो खिचेर सार्वजनिक गरेकी छन्।  हालैमात्र उनले एक लुगाको ब्रान्डका लागि फोटोसुट गरेकी छन् । इन्स्टाग्राममा फोटोसुटको भिडिओ र फोटो सेयर गर्दै करिनाले लेखेकी छन्, ‘थोरै योग, थोरै शान्ति।’

करिना फेसन र पहिरनका कारण चर्चा कमाउने अभिनेत्री हुन् । गर्भावस्थामा समेत उनले फेसेनेबल लुगा लगाउन छाडेकी छैनन् । इन्स्टाग्राममा हेर्ने हो भने उनले गर्भवती भएपछि समेत डिजाइनर तथा फेसनमा भएका लुगा लगाएको देख्न सकिन्छ । 

उनले आउँदो फेब्रुअरीमा दोस्रो बच्चालाई जन्म दिने बताइएको छ । आमा बन्ने मिति नजिकिँदै गर्दा गर्भवती अवस्थामा पनि उनले काममा निरन्तरता दिएकी छिन् ।

यसैबीच करिना र उनका श्रीमान अभिनेता सैफ अली खानले आफ्नो हुनेवाला बच्चाको गोपनीयता विषयमा पनि बोलेका छन्। उनीहरूले आउँदो बच्चाको गोपनीयता ख्याल राख्ने बताएको छ। उनीहरुले अब आउने बच्चाको गोपनीयताको ख्याल राख्ने बताएका छन् । 

गाउँ सहर डेस्क

तपाईँको मत