भिडिओ

‘सम्पत्तिमा बिक्ने माया’ बोलको गीत सार्वजनिक

काठमाडौँ । प्रबिन बेड्वालको स्वरमा रहेको ‘सम्पत्तिमा बिक्ने माया’ बोलको गीत सार्वजनिक भएको छ । गीतको निर्देशन किशोर कीशो पन्धाकले गरेका हुन् भने गीतमा परदेशीको पीडालाई समेटिएको छ ।

 शब्द र संगीत खगेन्द्र पन्धाकलिम्बूको रहेको छ । गीतमा कुमार सानुको मिक्सिङ र श्याम लिम्बू (रिजन) को एरेञ्ज छ ।

किशोर कुमार पन्धाक र सीता कुमारी तुम्बापोको मुख्य अभिनय रहेको छ ।  भिडियोमा हेमन्त पन्धाक, नन्द चक्सु, नन्दु सम्बाहाङफे, मोहन इजम इन्दु जिमी , नैना वनेम, लक्ष्मी लिम्बू, रत्न थापा, तीलक सोमल मगर, पूर्णकला मगर, लक्ष्मण गुरुङ, सुगग्यानी गुरुङ र प्रगड गुरुङ आदिलाई देख्न सकिन्छ।

भिडियोलाई बिक्रम गुरुङले छायांकन गरेका छन् भने सम्पादन खगेन्द्र पंधाक लिम्बूले गरेका छन् । 

गाउँ सहर डेस्क

तपाईँको मत