लेखनाथ जेसिज र जुनियर जेसिजको पदस्थापन
- गाउँ सहर संवाददाता
- १० माघ शनिबार, २०७७ | २१:४४:०० मा प्रकाशित
लेखनाथ । लेखनाथ जेसिज र जुनियर जेसिजको बर्ष २०२१ का पदाधिकारीहरुको शनिवार एक विषेश कार्यक्रमकाबीच संयुक्त पदस्थापन सम्पन्न गरिएको छ ।
लेखनाथ जेसिज वर्ष २०२० का अध्यक्ष चिरञ्जिवी न्यौपानेले वर्ष २०२१ का अध्यक्ष नवराज पौडेललाई र लेखनाथ जुनियर जेसिजको वर्ष २०२० का अध्यक्ष सुजन तिमिल्सेनाले वर्ष २०२१ का नवनिर्वाचित अध्यक्ष शिवानी केशीलाई पद तथा गोपनियताको सपथ गराएका थिए ।
कार्यक्रममा बोल्दै नेपाल जेसिजका कार्यकारीणी उपाध्यक्ष भोजराज चापागाईले युवाहरुको क्षमता अभिबृद्धप गर्दै नेतृत्वदाई भूमीकामा पुर्याउनु नै जेसिजको अभियान भएकाले समाज रुपान्तरणमा जेसिजको भुमिका महत्वपुर्ण हुने धारणा राखेका थिए ।
सोही अवसरमा पोखरा महानगरपालिका वडा नं ३० का वडाअध्यक्ष श्रीराम पोख्ररेलले जेसिजले मानिसलाई अनुशासित र आफनो क्षमता अभिबृद्धिमा सहयोग पुर्याउदै आएको विचार राखेका थिए ।
लेखनाथ जेसिजका अध्यक्ष नवराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा जेसिजका अध्यक्ष ई.किरण के शी,लेखनाथ उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेय,लेखनाथ जेसिजका पूर्व अध्यक्ष लक्ष्मीप्रसाद ति्रपाठी, ऋषिराम जमरकटेल र सामुदायिक सेवा केन्द्र लेखनाथका अध्यक्ष त्रिलोचन लामिछाने लगायतले जेसिज अभियानका बारेमा जानकारी गराएका थिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- तीन पटक बत्ती जाँदाको एक दृश्य
- एनपीएल खेलमा आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै
- मौसम पूर्वानुमान: डरलाग्दाे चक्रवात ‘अर्नब’ कहिले भित्रिदैछ नेपालमा ?
- लेखनाथ जेसिजको जेसिज सप्ताह–२०२६, विभिन्न कार्यक्रम हुँदै
- भारी हिमपातको जोखिम : कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न आग्रह
- चितवनको विजयी सुरुवात, विराटनगरको हार
- नेप्से सूचक झिनो अंकले उकालाे, कारोबार रकम साढे ५ अर्ब माथि
- मौलिक संस्कृति संरक्षणको सन्देशसहित ‘गाउँघरै घमाइलो’ सार्वजनिक
- भोटेकोशी बाढीबाट भएको क्षतिमा २० अर्ब ९० करोडको बीमा दाबी, भुक्तानी २३ करोड मात्रै
- एनपीएलको उद्घाटन खेलमा सुदूरपश्चिम ८७ रनमै अलआउट
प्रतिकृया दिनुहोस