लेखनाथ जेसिज र पत्रकार मञ्चबीच मैत्रीपूर्ण फुटसल
- गाउँ सहर संवाददाता
- १३ भदौ आइतबार, २०७८ | १२:४५:०० मा प्रकाशित
कास्की । लेखनाथ जेसिजको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत लेखनाथ जेसिज र पत्रकार मञ्चवीच मैत्रीपूर्ण फुटसल सम्पन्न भएको छ भने ट्रफी लेखनाथ पत्रकार मञ्चले हात पारेको छ ।
आयोजक संस्था लेखनाथ जेसीज र लेखनाथ पत्रकार मञ्च विच भएको प्रतियोगिताको निर्धािरत समयमा ५–५ गोलको बराबरी भए पछि आयोजकले लेखनाथ पत्रकार मञ्चलाई ट्रफी प्रदान गरेको हो ।
प्रतियोगिताको उद्घाटन गर्दै लेखनाथ जेसीजका संस्थापक अध्यक्ष बाबुराम जमरकट्टेलले खेलकुद मानिसको स्वास्थ्यको लागि लाभदायक भएको वताउँदै मैत्रीपूर्ण फुटसलले आपसी भाईचारामा पनि वृद्धि हुने धारणा राखेका थिए ।
कार्यक्रममा लेखनाथ जेसीजका पुर्व अध्यक्ष अर्जुन ओझा, लेखनाथ पत्रकार मञ्चका निवर्तमान अध्यक्ष भिमपाणी बराल लगायतले शुभकामना व्यक्त गरेका थिए ।
जेसीजका अध्यक्ष नवराज पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा कार्यक्रमका संयोजक सर्वेन्द्र न्यौपानेले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन महासचिव चन्द्रप्रकाश ढुंगाना र धन्यवाद ज्ञापन निवर्तमान अध्यक्ष चिरञ्जीवी न्यौपानेले गरेका थिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पोखरामाथि सुदूरपश्चिमको जित
- तीन महिनामै व्यापार घाटा साढे ५ खर्ब नजिक, ३५ प्रतिशतले वृद्धि
- तीन पटक बत्ती जाँदाको एक दृश्य
- एनपीएल खेलमा आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै
- मौसम पूर्वानुमान: डरलाग्दाे चक्रवात ‘अर्नब’ कहिले भित्रिदैछ नेपालमा ?
- लेखनाथ जेसिजको जेसिज सप्ताह–२०२६, विभिन्न कार्यक्रम हुँदै
- भारी हिमपातको जोखिम : कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न आग्रह
- चितवनको विजयी सुरुवात, विराटनगरको हार
- नेप्से सूचक झिनो अंकले उकालाे, कारोबार रकम साढे ५ अर्ब माथि
- मौलिक संस्कृति संरक्षणको सन्देशसहित ‘गाउँघरै घमाइलो’ सार्वजनिक
प्रतिकृया दिनुहोस