लेखनाथ जेसिजको बर्ष २०२१ का लागि पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति
- गाउँ सहर संवाददाता
- ७ मङ्सिर आइतबार, २०७७ | २१:२७:०० मा प्रकाशित

लेखनाथ । लेखनाथ जेसिजको २३ औं बार्षिक साधारण सभा तथा २२ औं शाखा अधिवेशनले वर्ष २०२१ का लागि नवराज पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
बर्तमान कार्यसमितिमा महासचिवका रुपमा का गर्दै आएका पौडेल सर्वसम्वत रुपमा अध्यक्ष पदमा चयन भएका हुन भने अन्य पदमा पनि सहमति गरी सर्वसम्वत भएको निर्वाचन आयुक्त शालिकग्राम ओझाले जानकारी दिए ।
नवगठित समितिको कार्यकारिणी उपाध्यक्षमा प्रकाश राईभाट र कृष्ण तिवारी रहेका छन् भने उपाध्यक्षमा सञ्जीब न्यौपाने,मौशम बराल,सर्वेन्द्र न्यौपाने र रेगन जि सी र साखा सम्पादकमा संगित पौडेल रहेका छन् ।
त्यसैगरी मनोनित पद तर्फ महासचिवमा चन्द्र प्रकाश (सि पी ) ढुगाना, सह सचिवमा मनोज बराल,कोषाध्यक्षमा प्रदिप आचार्य,तालिम आयुत्त उत्तम श्रेष्ठ, बृद्धि सभापतिमा सुजन न्यौपाने,सुक्रवारसिय प्रवचनमालामा मनोज चापागाई,प्रकरण निर्देशकमा नारायण आचार्य, सचिवालय ब्यवस्थापनमा शिवराज अधिकारीलाई चयन गरिएको छ भने जुनियर जेसिज संयोजकमा सविना बसौला,जेसिज गाउँ संयोजकमा जीवन तिवारी,वातावरण संयोजकमा बिनोद पौडेल,स्वास्थ्य संयोजकमा नवराज तिवारी र संघ सस्था संयोजकमा प्रवलमणि भण्डारी रहेका छन् ।
यसैगरी अध्यक्ष सल्लाहकार मण्डलमा अर्जुन ओझा,सञि्जव ढुगाना,शालिकग्राम ओझा,रोशन अधिकारी,बदि्रनाथ पौडेल र बुदि्धप्रसाद वास्तोलालाई चयन गरिएको हो भने कानुनी सल्लाहकारमा नम्रता वास्तोला रहेकी छन् ।
कार्यक्रमको उद्घाटन गर्दै नेपाल जेसिजका केन्दी्रय अध्यक्ष असोक संकरले जेसिज एउटा अभियान हो जसले युवाहरुलाई नेतृत्व लिन सिकाउदै राष्ट्र निर्माणको अभियानमा सार्थक सहभागीता जनाउदै आएको बताएका थिए ।
लेखनाथ जेसिजका अध्यक्ष चिरञ्जीवी न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल जेसिजका राषि्ट्रय उपाध्यक्ष मञ्जु शाह,सस्थापकहरुको तर्फबाट सुरेन्द्रराज अधिकारी, पूर्व अध्यक्षहरुको तर्फबाट विनोद प्रसाद लामिछाने,मातृ शाखाको तर्फबाट पोखरा जेसिजका अध्यक्ष शिव सापकोटा र लेखनाथ जुनियर जेसिजका अध्ययक्ष सुजन तिमिल्सेना लगाएतले जेसिज सिक्ने र सिकाउने थलो भएको धारणा राखेका थिए ।लेखनाथ जेसिजका निर्वतमान अध्यक्ष रोशन अधिकारीले स्वागत मन्तब्य राखेका थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस