नेपाल जेसिजकाे राष्ट्रिय अध्यक्षमा भण्डारी, उपाध्यक्षमा रामेछापका कार्की निर्वाचित
- गाउँ सहर संवाददाता
- ५ पौष सोमबार, २०७८ | १६:५६:०० मा प्रकाशित
काठमाडाैं । नेपाल जेसीज वर्ष २०२२ को लागि राष्ट्रिय अध्यक्षमा लालमणि भण्डारी निर्वाचित भएका छन् । यहि पुस एक देखि चार गतेसम्म पोखरामा भएको नेपाल जेसिजको ४८ औं राष्ट्रिय महाधिबेशनबाट भण्डारी राष्ट्रिय अध्यक्षमा निर्वाचित भएका हुन ।
दाङको त्रिभुवन नगर जेसिजको प्रतिनिधित्व गर्दै राष्ट्रिय अध्यक्षमा उम्मेदवारी दिएका भण्डारीले ३६५ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका थिए ।
त्यसैगरि राष्ट्रिय उपाध्यक्ष पदमा रामेछापका जीवन कार्की निर्वाचित भएका छन् । रामेछाप जेसिज २०२१ का शाखाका अध्यक्ष कार्की नेपाल जेसिजकाे २०२२ का लागि राष्ट्रिय उपाध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
नेपाल जेसिजकाे विधान अनुसार राष्ट्रिय उपाध्यक्ष पदमा १२ जना निर्वाचित हुने प्रावधान रहेकाे छ । अन्य उपाध्यक्षमा कुमार सिंह साँवा लिम्बू, मनोज कुमार शाह, नेत्रलाल भट्टराई, रश्मी बस्नेत, नरेश चन्द्र ओझा, राम प्रसाद पाण्डेय, योगिराज अधिकारी, सन्दिप अग्रहरी,कृष्ण बहादुर श्रेष्ठ, राजिब प्रसाई र जीवन श्रेष्ठ निर्वाचित भएका छन् ।

देशभरिबाट १९ जनाले निर्वाचनमा भाग लिएका थिए । १९ उमेदवारमध्ये उपाध्यक्ष पदमा कार्कीले ९७१ मत सहित दाेस्राे मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् । निर्वाचनमा जम्मा १२ सय ६८ मत खसेकाे थियाे । सबैभन्दा धेरै अर्थात ९८० मत हित कुमार सिंह पहिलाे मत प्राप्त गर्न सफल भएका छन् ।
त्यस्तै राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा दिपेन्द्र निरौला, सुनिल तिम्सिना, रमा कुमारी प्याकुरेल र अनिल बहादुर शाही निर्वाचित भएका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- तीन महिनामै व्यापार घाटा साढे ५ खर्ब नजिक, ३५ प्रतिशतले वृद्धि
- तीन पटक बत्ती जाँदाको एक दृश्य
- एनपीएल खेलमा आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै
- मौसम पूर्वानुमान: डरलाग्दाे चक्रवात ‘अर्नब’ कहिले भित्रिदैछ नेपालमा ?
- लेखनाथ जेसिजको जेसिज सप्ताह–२०२६, विभिन्न कार्यक्रम हुँदै
- भारी हिमपातको जोखिम : कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न आग्रह
- चितवनको विजयी सुरुवात, विराटनगरको हार
- नेप्से सूचक झिनो अंकले उकालाे, कारोबार रकम साढे ५ अर्ब माथि
- मौलिक संस्कृति संरक्षणको सन्देशसहित ‘गाउँघरै घमाइलो’ सार्वजनिक
- भोटेकोशी बाढीबाट भएको क्षतिमा २० अर्ब ९० करोडको बीमा दाबी, भुक्तानी २३ करोड मात्रै
प्रतिकृया दिनुहोस