लेखनाथ जेसिज २४ औं वर्षमा
- गाउँ सहर संवाददाता
- ४ मङ्सिर शनिबार, २०७८ | २०:५९:०० मा प्रकाशित

लेखनाथ । लेखनाथ जेसिजको २४ औ वार्षिक साधारण सभा तथा २३ औं अधिवेशन शनिवार सम्पन्न भएको छ ।
साधारण सभाको उद्घाटन गर्दै जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैन वहादुर क्षेत्रीले युवाले देश विकासको लागि नेतृत्वदाई भुमिका निभाउनु पर्ने सुझाव राख्दै जेसिजले नेतृत्व र क्षमता विकासमा सहायोग पु¥याउँदै आएको विचार राखेका थिए ।
सोही अवसरमा नेपाल जेसिजका ४८ औं राष्ट्रिय महाधिवेशनका निर्देशक ईश्वर कर्माचार्यले जेसिज सिक्ने र सुकाउने थलो भएकाले जेसिज अभियानलाई युवाहरुको माझामा ल्याएको धारणा राखेका थिए भने लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले जेसिजले युवाहरुलाई आय आर्जनको वाटो तर्फ उन्मुख गर्दै ब्यवसायिक बनाउन सहयोगीको भूमिका निभाएको विचार राखे ।
लेखनाथ जेसिजका अध्यक्ष नवराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा जेसिजका निर्वतमान अध्यक्ष शिवप्रसाद सापकोटा, वडा नं २७ का वडाअध्यक्ष पुर्णकुमार गुरुङ, वडा नं २९ का वडाअध्यक्ष चेत बहादुर गुरुङ लगायतले जेसिजले सिकाउने, टिकाउने,विकाउने र कमाउने क्षेत्रमा सहयोग पु¥याउँदै आएको भनाई राखेका थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
प्रतिकृया दिनुहोस