‘नागरिक एप’ तीन लाख ११ हजार डाउनलोड
- गाउँ सहर डेस्क
- ७ माघ बुधबार, २०७७ | १४:३७:०० मा प्रकाशित
काठमाडौँ । “सञ्चार र सूचना प्रविधिको टेवा, हात हातमै सरकारी सेवा” भन्ने नाराका साथ शुक्रबार सार्वजनिक गरिएको ‘नागरिक एप’प्रति प्रयोगकर्ताको आर्कषण देखिएको छ ।
शुक्रबार साझँ सार्वजनिक गरिएको उक्त एपमा बुधबार मध्याह्सम्म तीन लाख ११ हजार १५३ जना प्रयोगकर्ताले डाउनलोड गरेको पाइएको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रका अनुसार एप डाउनलोड गर्ने मध्येबाट हालसम्म २७ प्रतिशतको मात्र प्रमाणीकरण भएको छ ।
उक्त एप डाउनलोड भएपनि प्रमाणीकरण नभएको धेरै गुनासो आउने गरेको केन्द्रका अधिकारी बताउँछन् । एप प्रमाणीकरण गरेर भित्र छिरेका प्रयोगकर्तासगैँ टेलिफोनबाट धेरै प्रयोगकर्ताले गुनासो गर्ने गरेको सूचना प्रविधि केन्द्रका सूचना अधिकारी रमेशप्रसाद पोखरेल बताएका छन् । उनका अनुसार धेरै गुनासो नेपाल टेलिकम र गृह मन्त्रालयसँग सम्बन्धीत भएर आउने गरेको छ ।
हाल प्रयोग गरिरहेको सिमकार्ड आफ्नो नाममा नहुँदा प्रमाणीकरण हुन नसकेको, टेलिकमका कर्मचारीको गल्तीले नाम नमिलेका जस्ता गुनासो आउने गरेको उनले जानकारी दिएका छन् । यसैगरी धेरै प्रयोगकर्ताले नागरिकताको विवरण फरक परेको गुनासो गर्ने गरेका छन् । धेरै प्रयोगकर्ताको नाम थर नै फरक भएको र महिला वा पुरुषबीचको लिङ्गसमेत नमिलेको जस्ता गुनासो गर्ने गरेको उनले जानकारी दिए ।
छ दिनको अवधिमा नागरिक एप तीन लाख बढीले डाउनलोड गरेता पनि दुई लाख २५ हजार अर्थात् ७२ प्रतिशत प्रयोगकर्ताले प्रमाणीकरण गर्न सकेका छैनन् । धेरै प्रयोगकर्ताको आफ्नो नाममा सिमकार्ड नभएको र केहीको नागरिकताको विवरण नमिल्दा प्रमाणीकरण हुन नसकेको सूचना अधिकारी पोखरेलले बताए ।
उनका अनुसार ८५ हजार प्रमाणीकरण भएका प्रयोगकर्तामध्ये बुधबार मध्यान्न (१२ बजे) सम्म ६२ हजार ५७८ जनाले नागरिकताको विवरण प्रमाणीकरण गरेका छन् । परीक्षणको क्रममा रहेको उक्त एपमा प्रयोकर्ताको आर्कषण देखिएता पनि विभिन्न कारणले एप सञ्चालनमा कठिनाई देखिएको पोखरेल बताउँछन् । नागरिकता, राहदानी वा मतदाता परिचयपत्रमा रहेको विवरण गृह मन्त्रालयमा रहेको डाटामा मेल नखाएको तथा अर्काको नामको सिमकार्ड प्रयोग गर्दा प्रमाणीकरण हुन नसकेको राष्ट्रिय सूचना प्रविधि केन्द्रका अधिकारीले बताए ।
केन्द्रको तथ्याङ्कअनुसार हालसम्म ३१ हजार ६७६ प्रयोगकर्ताले राहदानी, २८ हजारले मतदाता नामावली र ३९ हजार ७१५ जनाले प्यान नम्बर प्रमाणीकरण गरेका छन् । यसैगरी, १९ हजार १०९ जनाले एसएलसीको प्रमाणपत्र र आठ हजार ४८६ जनाले उच्च शिक्षाको प्रमाणपत्र प्रमाणीकरण गरिसकेका छन् ।
नेपाल सरकारद्वारा प्रदान गरिने सबै किसिमका सेवालाई डिजिटलाइज गरी एकीकृत प्लेटफर्मबाट सेवाप्रवाह गर्ने भन्दै शुक्रबारबाट नागरिक एप सञ्चालनमा ल्याईएको हो । सुरुआती चरणमा गृह मन्त्रालय, निर्वाचन आयोग र राहदानी विभागमा रहेका विवरणलाई प्रयोग गरी उक्त एप्समा नगरिकको डिजिटल परिचय स्थापित गरिएको छ । आगामी दिनमा राष्ट्रिय परिचयपत्रसमेतलाई जोड्ने योजना सरकारको रहेको छ ।
धेरै एप प्रयोगकर्ताले नागरिकताको विवरणमा त्रुटि भएको गुनासोपछि गृह मन्त्रालयले त्रुटि सच्याउन अनलाइन प्रणालीको विकास गर्ने प्रक्रिया सुरु गरेको जनाएको छ । मन्त्रालयले मंगलबार साँझ एक सूचना प्रकाशन गर्दै नागरिक एपमा भएका त्रुटि सच्याउन अनलाइन प्रणालीको सुरु भएको जनाएको हो । नागरिकतामा भएको त्रुटि आफैँले सच्याउँन मिल्ने प्रविधिको विकास गर्ने काम अघि बढाइएको बताइएको छ ।
गाउँ सहर डेस्क
डेस्क गाउँ सहर डटकम टीमकाे टेवलवर्क हाे ।
- यसकारण पक्राउ परे दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल
- सरस्वतीलाई पानीमा र कमलको फूलमाथि नै किन देखाइन्छ ?
- नेपालमा २०.२७ प्रतिशत जनता गरिबीको रेखामुनि
- प्रतिपक्षी दलले बहिष्कार गरेकाे चुनावमा शेख हसिना विजयी, चौथो पटक प्रधानमन्त्री बन्ने
- विदेशिने विद्यार्थी तथा युवालाई यसरी सकिन्छ राेक्न
- आज विश्व माटो दिवस : यसकारण जोगाऔं माटो
- जाडाेमा एमालेले मध्य पहाडी लोकमार्गमा थालेकाे पदयात्राकाे सन्देश
- काठमाडाैं उपत्यकामा ‘निषेधाज्ञै निषेधाज्ञा’
- विश्वकप उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै, बिजेता र उपबिजेताले कति रुपैयाँ पाउँछन् ?
- बहुउपयोगी गाई पुज्नुकाे महिमा, वैज्ञानिक, धार्मिक र व्यवहारिक महत्वका विविध पक्ष
प्रतिकृया दिनुहोस