कला

गायक खरेल र विन्ध्यवासिनीको विवाद चर्किँदै 

काठमाडौँ । गायक प्रमोद खरेल र विन्ध्यवासिनी म्युजिक प्रालिबिचको विवाद झन् झन् चर्किँदै गइरहेको छ । प्रतिलिपि अधिकारका विषयमा चर्केको विवादले उग्र रुप लिएपछि यो मुद्दा न्यायालयमा प्रवेश गरेको हो ।

गायक खरेलले प्रतिलिपि अधिकार उल्लंघन गरेको भन्दै उजुरी दिएपछि प्रहरीले विन्ध्यवासिनी म्युजिकको कार्यकारी अधिकृत लीना शर्मा रेग्मीलाई पक्राउ गरेको जनाएको छ ।उक्त मुद्दाको फैसला अदालतले गर्ने प्रहरीले बताएको छ।

विन्ध्यवासिनीसँग सम्झौता गरेको करार समय सकिएपछि ‘प्रणय’ एल्बम फिर्ता माग्दा नदिएर सामाजिक सञ्जालमार्फत तथा नाम टिप्पणी गरेपछि आफूले प्रहरीमा उजुरी दिएको गायक खरेलको जानकारी दिएका छन् । 

यो भन्दा अघि कम्पनीले आफूले उत्पादन गरेको गीत गायक खरेलले बिना अनुमति गाएको आरोप सहित एक करोडको क्षतिपूर्ति दाबी गर्दै कम्पनी रजिस्ट्रार कार्यालयमा उजुरी दिएको थियो ।

गायक खरेलले भने गीतको सर्वाधिकार आफूसँग रहेको र ‘प्रणय’ एल्बमको निर्माता नै आफू रहको दाबी गरेका छन् ।

उनका अनुसार एल्बमको प्रकाशन तथा बिक्री वितिरणको सम्झौता पाँच वर्षको थियो । तर सम्झौता सकिँएपछि एल्बम फिर्ता माग्दा आफूमाथि मानसिक आक्रमण भएको बताउँछन् ।

विन्ध्यवासिनी म्युजिकका सञ्चालक सुवाश रेग्मी भने कम्पनीको अनुमति बिना नै गीत गाएर खरेलले करोडौँ रकम अनाधिकृत रुपमा कमाएको दाबी गरेका छन् । 

गायक खरेल र विन्ध्यवासिनीबीचको विवादमा कलाकार तथा निर्माता विभक्त भएका छन्। सामाजिक सञ्जालमा उनीहरुबिच यो मुद्दामा दोहोरी चलिरहेको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत