जीवनशैली

ई-सिगरेट पिएर सुरक्षित महशुष गर्दै हुनुहुन्छ ? सावधान ! स्मोकर बन्ने खतरा तीन गुणा बढी

धेरै मानिसहरुलाई यो लाग्छ कि ई-सिगरेट सुरक्षित छ, हानी गर्दैन वा यसबाट धूमपानको लत लाग्दैन । तर भर्खरै भएको अनुसन्धानको कुरा सुन्नु भयो भने अचम्ममा पर्न सक्नुहुन्छ ।

अनुसन्धान भन्छ- ई-सिगरेट पिउनुहुन्छ भने भविश्यमा सिगरेटको स्मोकर बन्ने खतरा बढ्छ । क्यालिफोर्निया यूनिभर्सिटीको एक अध्ययन अनुसार, ई-सिगरेट पिउने १२ देखि २४ वर्षका व्यक्तिको लागि स्मोकर बन्ने खतरा तीन गुणा सम्म बढी हुन्छ ।

ई-सिगरेट स्मोकिंगको सुरुवात

शोधकर्ता जोन पियर्स भन्छन्- अनुसन्धानबाट यो कुरा सामु आएको छ कि ई-सिगरेट स्मोकिंगको पहिलो चरण हुन्छ । यस्तो गर्ने डेली स्मोकर बन्दछ । विस्तारै-विस्तारै जब मानिस निकोटिनमा निर्भर हुन्छ उसलाई सिगरेट पिउने बानी पर्छ ।

सन् २०१४ मा भएको थियो अध्ययन

वैज्ञानिकका अनुसार, अनुसन्धान २०१४ मा सुरु भएको थियो । यसमा १२ देखि २४ वर्षका मानिसहरु समावेश थिए । अनुसन्धानमा सहभागि टिनएजर्सबाट २०१४ मा यो कुरा पत्ता लाग्यो कि हरेक मानिस कुनै न कुनै एक तम्बाकू उत्पादन सेवन गरिरहेका थिए । चार वर्ष पछि २०१८ मा ७३ प्रतिशत व्यक्तिले सिगरेट पिउने कोसिस गरे । ७२ प्रतिशत ई-सिगरेट पिइरहेका थिए । ५० प्रतिशतले हुक्का र सिगार पिउने कोसिस गरे । सन् २०१९ सम्म १२ प्रतिशत मानिस दैनिक तम्बाकू उत्पादनको प्रयोग गरिरहेका थिए । ७० प्रतिशत व्यक्ति सिगरेट स्मोकिंगसँगै अर्को तम्बाकू उत्पादनपनि प्रयोग गरिरहेका थिए ।

२७ प्रतिशत टिनएजर्स मान्दछन् कि ई-सिगरेट फ्लेबर छ

एक सर्वे भन्छ- २७ प्रतिशत टिनएजर्स ई-सिगरेट पिउँछन् । उनीहरुका अनुसार, यो स्मोकिंग होइन केवल फ्लेवर मात्र हो र यसले कुनै असर गर्दैन । तर चिकित्सकका अनुसार यो हल्ला गलत हो र सिगरेट पिउनु जत्तिकै खरतनाक रहेको उनीहरु बताउँछन् ।

टिनएजर्सलाई सिगरेटभन्दा सजिलो छ ई-सिगरेटको लत

केहि मानिस भन्छन् कि उनीहरुले सिगरेट होइन ई-सिगरेटको प्रयोग गरिरहेका छन र त्यसले कुनै असर गर्दैन भन्छन् । चिकित्सकका अनुसार ई-सिगरेटमा एक लिक्विड हुन्छ, जसमा प्रायः निकोटिनसँगै अन्य फ्लेवर हुन्छ । यसको लत लागेमा फोक्सो पनि खराब हुन सक्छ ।

अहिले विभिन्न फ्लेवरमा ई-सिगरेट उपलब्ध छन् । बच्चामा यसको लत लाग्नु सिगरेटभन्दा सजिलो छ । ई-सिगरेटको बानी परेपछि सिगरेट र तम्बाकूको बानी लाग्न झनै सजिलो हुन्छ । जुन कुरा कयौँ शोधबाट पनि पत्ता लागेको छ । एजेन्सीकाे सहयाेगमा

गाउँ सहर डेस्क

तपाईँको मत