अर्थतन्त्र

आठ सयले ओरालो लाग्यो सुनको मूल्य

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको भाउमा गिरावट आएसँगै नेपाली बजारमा पनि त्यसको प्रभाव देखिएको छ । 

आइतबार एकैदिन तोलामा २३ सय रुपैयाँले ओरालो लागेको सुनको भाउ सोमबार पुनः आठ सयले घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाल सुनको भाउ तोलाको ९२ हजार दुई सय रुपैयाँ कायम गरेको छ । आइतबार तोलाको ९३ हजार रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनको भाउ पनि तोलामा आठ सयले घटेर तोलाको ९१ हजार सात सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । हिजो तोलाको ९२ हजार पाँच कायम भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले झरेर १२३० रुपैयाँमा आइपुगेको छ । हिजो १२७० मा कारोबार भएको महासंघले जनाएको छ ।

 

गाउँ सहर डेस्क

तपाईँको मत