प्रविधि

टाटा मोटर्सको नयाँ कम्प्याक्ट ट्रक  ‘इन्ट्रा भी२०’ बजारमा, कति पर्छ मूल्य ?

काठमाडौँ । टाटा मोटर्सको नयाँ कम्प्याक्ट ट्रक  ‘इन्ट्रा भी २०’ को नेपालमा किनबेच सुरु भएको छ । विश्वको एक अग्रणी अटोमोटिभ निर्माता कम्पनी टाटा मोटर्सले नेपालको लागि कम्पनीको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्गमार्फत् नवीनतम् स्मार्ट कम्प्याक्ट ट्रक टाटा ‘इन्ट्रा भी२०’ को नेपालमा बिक्री सुरु गरेको हो । 

टाटा मोटर्सको प्रिमियम टफ डिजाइन सिद्धान्तमा बनेको उक्त ट्रकले सुरक्षित र आरामदायी यात्रा अनुभवका साथै शक्तिशाली कार्यक्षमता र उत्पादकत्व वृद्धि गर्दछ । टाटा इन्ट्राको शुरु मुल्य रु.१९ लाख ७५ हजार कायम गरिएको छ । यो कम्प्याक्ट ट्रकलाई नेपालभर छरिएर रहेका सिप्रदी ट्रेडिङ्गका सेल्स, सर्भिस र स्पेयर पार्टस्को बृहत्तर सञ्जालले पूर्ण साथ, सहयोग र सम्भार गर्ने बताएको छ । 

यसको आधुनिक डिजाइनका साथ बनेको क्याबिनभित्र ओहोर दोहोर गर्न सजिलो हुने थप ठाऊँ रहेको छ । सुबिधा सम्पन्न आरामदायी सिटहरु र आधुनिक डिजिटल क्लस्टर रहेको छ । यसका साथै ड्यास बोर्डमा माउन्ट भएको गियर लिभरले लामो समयको यात्रामा सजिलो एंव थकानमुक्त महसुस गराउँदछ । यसको भरपर्दो एंव विश्वसनीय इन्जिन, गियर बक्स, क्राउन र च्यासिसको सम्योजनले मर्मत खर्च कम गराउँछ ।

ठूलो लोड बडी, ११०० केजी को अधिकतम् भार बहन क्षमता, सर्वोत्कृष्ट माइलेज र मजबुत इन्जिन, गियर बक्स, क्राउन र च्यासिस भएको यो कम्प्याक्ट ट्रक, न्यून सञ्चालन खर्चमा सवारी धनीलाई अधिकतम मुनाफा हुने गरी निर्माण गरिएको छ । यसमा अति साँघुरो गल्लीमा पनि सजिलै मोड्न मिल्ने मात्र ४.७५ मिटरको टर्निङ्ग सर्कल रेडियस रहेको छ । यसमा भएको केवल सिफ्ट मेकानिज्म र ५–स्पीड गीयर बक्सले सहज एवं भन्झटमुक्त यात्रा सुनिश्चित गर्ने कम्पनीले जनाएको छ । 

टाटा इन्ट्रा भी२० मा १.४ लिटर क्षमताको डिजल इन्जिन रहेको छ । जसले ७० बीएचपी र १४० एनएमको टर्क पैदा गर्छ र उच्चतम इन्धन बचत गर्न सहयोग पुर्याउन गीयर सिफ्ट एडभाइजरको पनि व्यवस्था छ । टाटा इन्ट्रामा अधिकतम ग्राउण्ड क्लीयरेन्स र ४५५ को गे्रडेबिलिटि हुनाले नेपालको विद्यमान अवस्थाका सडकहरुको लागि अत्यन्त उपयुक्त गाडी मानिन्छ । विभिन्न विशेषताहरुले भरपूर टाटा इन्ट्राको निर्माण, मजबुत बडी र क्याबिन सहित हाइड्रो–फम्र्ड च्यासिस फ्रेममा सुरक्षित तवरले गरिएको छ, जसले संरचनागत शक्ति, टिकाउपना बढ्ने कुरा सुनिश्चित् गर्दछ र न्यून एनभिएच तहहरु उपलब्ध गराउँछ । 

सिप्रदी ट्रेडिङ्गका कार्यकारी अध्यक्ष सिद्धार्थ शमशेर जबराले विश्वस्तरीय उत्पादनहरु उपलब्ध गराउने र उत्कृष्ट स्तरको ग्राहक सेवा प्रदान गर्ने कम्पनीको उद्देश्य रहेको बताए । उनले टाटा इन्ट्रा भी२० को यो बिक्री शुभारम्भसँगै ग्राहकहरुलाई उत्कृष्ट कार्यक्षमता, किफायती र उच्चतम प्रभावकारीता दिने गाडीहरु उपलब्ध गराउने हाम्रो प्रतिबद्धतालाई निरन्तरता दिएको बताएका छन् ।

गाउँ सहर डेस्क

तपाईँको मत