कला

‘सिंघम ३’ मा ज्याकी श्रफ खलपात्र बन्ने

एजेन्सी । रोहित सेट्टी निर्देशित चलचित्र ‘सिंघम ३’ मा ज्याकी श्रफ खलनायक हुने भएका छन् । अहिलेसम्म चलचित्रको कथावस्तु तयार भएको जनाइएको छ ।

रोहित सेट्टीको निर्देशनमा बनेको यसअघिका दुई जस्तै यसमा पनि अजय देवगण सिंघमको भूमिकामा छन् । सेट्टीको निर्देशनमा बनेको सोही प्रकृतिको चलचित्र सिम्बामा रणवीर सिंह प्रमुख भूमिकामा थिए ।

सिंघम ३ को छायाँकन यो वर्षको अन्त्यतिर सुरु गर्ने तयारी रहेको एजेन्सीले बताएको छ । 

गाउँ सहर डेस्क

तपाईँको मत