स्वास्थ्य

कम्बोडिया सरकारद्वारा नेपाल सरकारलाई स्वास्थ्य साम्रगी उपलब्ध

काठमाडौँ । कम्बोडिया सरकारद्वारा नेपाल सरकारलाई स्वास्थ्य साम्रगी उपलब्ध गराएको छ । कोभिड १९ महामारी नियन्त्रणमा सहयोग पुर्याउने उदेश्यले कम्बोडिया सरकारले नेपाल सरकारलाइ २० लाख मास्क ,२० थान भेन्टिलेटर सहित औषधि तथा अन्य औषधिजन्य स्वास्थ्य उपकरण हस्तान्तरण गरेको हो ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कम्बोडियाका परराष्ट्र मन्त्रालयका राज्यमन्त्री उच बोरिथले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाइ सो साम्रगी हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा मन्त्री त्रिपाठीले कम्बोडिया सरकारले गरेको सहयोग प्रति धन्यवाद व्यक्त गर्दै ती स्वास्थ्य साम्रगीले कोरोनासँग लडिरहेका गम्भिर प्रकृतिका बिरामीहरुलाइ सहयोग पुर्याउने बताए । त्यसबखत मन्त्री त्रिपाठिले सरकारले चाँडै नै कोरोना विरुद्धको खोप नेपाल ल्याउने र यसका लागि पहल भइरहेको समेत जानकारी दिएका छन् ।

कार्यक्रममा राज्यमन्त्री बोरिथले कोरोना महामारी नियन्त्रणका लागि गरिएका यस्ता प्रकारका सहयोग आदानप्रदानले दुइ देशबिचको आपसी सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरेका छन् । स्वास्थ्य साम्रगी हस्तान्त्तरण गर्नका लागि कम्बोडियाका परराष्ट्र मन्त्रालयका राज्यमन्त्री बोरिथ सहित १५ जनाको प्रतिनिधिमन्डल नेपाल आएको थियो । राज्यमन्त्री सहितको प्रतिनिधिमन्डल आजै स्वदेश फर्किएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत