अर्थतन्त्र

उकालो लाग्यो सुनचाँदीको मूल्य

काठमाडौंँ । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

आइतबार प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य सोमबार प्रतितोलामा ८ सयले बढेर ९५ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुन तोलाको ९४ हजार ८ सय रुपैयाँमा रहेको सुनचाँदी व्यवसायी महासंघका जनाएको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य पनि बढेको छ । सोमबार चाँदी प्रतितोला २५ रुपैयाँले बढेर एक हजार ३ सय २५ रुपैयाँमा कारोबार भैरहेको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत