भोरले शुरूवात गरेको प्याकेजमा परोपकारी युवा संजालको सहयोग
- गाउँ सहर संवाददाता
- २४ बैशाख बुधबार, २०७७ | २१:३१:०० मा प्रकाशित

काठमाडाैं । सामाजिक सेवाभावको पवित्र उद्देश्यसहित 'बोलेर हाेइन गरेर देखाउँ' भन्ने नारालाई आत्मसात गर्दै कोरोनाको विश्वव्यापी महामारीको कारण संक्रमण फैलिन नदिन राज्यद्वारा गरिएको लकडाउनको कारणले विपन्न श्रमिक, अति विपन्न, दलित, अभावमा रहेका तथा पहुँच नभएका परिवारहरुलाई खाद्यान्न जोहो गरि चुल्हाे बाल्न नै समस्या परिरहेकाहरूलाई परोपकारी युवा संजाल नेपालले खाद्यान्न सहयाेग गरेकाे छ ।
गर्भवती महिला, सुत्केरी महिला, स्तनपान गराउने आमालाई हेटौंडा उप-महानगरपालिका वड नं ६ मा २२ परिवारलाई बुधबार विशेष पोषण प्याकेज उपलब्ध गराएको संजालका सदस्य रमेश सापकोटाले बताए ।
उक्त प्याकेजमा पालिस नगरेको बासमती चामल ५ केजी, अण्डा ३० वटा, गेडागुडी तथा क्वाँटी २ केजी, तोरीको तेल आधा लिटर, हरियो तरकारी तथा सागपात, ५ किलो फलफुल, ज्वानो जस्ता खाद्य सामाग्री वितरण गरिएका थियाे ।
उक्त कार्यक्रममा वडा अध्यक्ष अर्जुन चौलागाईं, संचारकर्मी स्थानीय समाजसेवी लगायत शंकर खत्री, भोरको संस्थापक अध्यक्ष राजकुमार महतो लगायतको उपस्थिति रहेकाे थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
प्रतिकृया दिनुहोस