प्रेरणा

परोपकारी युवा संजालद्वारा धादिङकाे विद्यालयमा शैक्षिक तथा खेलकूद सामाग्री सहयाेग

  • ५ असोज आइतबार, २०७६ | ११:५७:०० मा प्रकाशित

धादिङ । नाकै ठोक्किने ठाडो उकालो, ४ घन्टाको अनवरत पैदल यात्रा । काँधमा सामनको भारी रातो तथा चिप्लो बाटो सांच्चै कठिन तथा जोखिमपुर्ण यात्रा । मनमा सेवाभावकाे हुट्हुटी ।

शनिवार परोपकारी युवा संजाल नेपालका युवाहरू धादिङकाे अति दुर्गम तथा बिपन्न समुदाय भएकाे बेनिघाट रोराङ्ग गाउँ पालिका -८ बर्पुक पुगे जहाँ रहेकाे चित्रकालिका आधारभूत विद्यालयमा रहेका बालबालिकाकाे लागि लत्ताकपडा, शैक्षिक सामाग्री तथा खेल सामाग्री बितरण गर्ने कार्यक्रम थियाे  ।

‘बोलेर होइन गरेर देखाउँ’ भन्ने मूल नाराकासाथ सामाजिक सेवामा लागेका संजालका सदस्य रमेश सापकाेटाले अनुसार ५२ जना विद्यार्थीकाे लागि विभिन्न शैक्षिक सामाग्री तथा खेल सामाग्री र  लत्ताकपडा वितरण गरिएकाे बताए ।

साे अवसरमा ५४ थान टि-सर्ट, ५० जाेर जुत्ता, ५० थान टाेपी, ५२ दर्जन कपी, २६ दर्जन कपी, ४० थान कपी, स्किपिङ्गस् ६ वटा र एक सेट ब्याडमिन्टन बितरण गरिएकाे सापकाेटाले बताए ।

उक्त सामाग्रीहरू खरीद गर्नकाे लागि बिपिन चालिसे, गोकर्णेश्वर नगरपालिका निवासी (हाल अमेरिका) ले २२ हजार २ दुइ सय ४० रूपैयाँ, निश्चल बिमली (हाल इजरायल जेरुसेलम) ११ हजार ५ सय, दिपक कार्कीको पहलमा साउदीमा बस्ने नेपालीहरूसँगबाट संकलित १८ हजार रूपैयाँ रकम सहयाेग प्राप्त भएकाे थियाे  । 

त्यसैगरि अजय गुप्ता (प्रेम रेडिमेड) भोटेबहाल बाट ५४ थान टि-सर्ट, अपणा महाराजा परिवार काठमाडौंले ४८ थान टाेपी सहयाेग गरेकाे थियाे । 

रोपकारी युवा सन्जालले शिक्षा अभियान अन्तर्गतको विद्यालयमा विभिन्न शैक्षिक सामग्रीहरू बितरण गर्दै आएको छ । 

संस्थाका सदस्य निश्चल बिमलीका अनुसार परोपकारी काममा केही सहयोग सदस्यहरुबाटै उठाउने तथा केहीदेश विदेशबाट सहयोग गर्ने मनकारीबाट संकलन गरेर सहायता वितरण गर्ने गरेको बताए । 

‘बोलेर होइन गरेर देखाउँ’ भन्ने मूल नाराकासाथ समाजसेवा तथा परोपकारी क्षेत्रमा लागेको संजालले महीनमा एउटा सहयोगको कार्यक्रम गर्ने गरेको बिमलीले बताए । 

तपाईँको मत