अर्थतन्त्र

शेयर बजारमा हरियाली, ६ अर्ब माथिको कारोबार

काठमाडौंँ । शेयर बजारमा हरियाल छाएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको पहिलो दिन आज (आइतबार) नयाँ रेकर्ड कायम भएको छ । आज नेप्से २१७५ विन्दु पार गरेसँगै नयाँ रेकर्ड कायम भएको हो । यस अघि नेप्सेले १६ पुस २०७७ मा २ हजार ८७ दशमलब २७ विन्दुमा पुगेर नयाँ रेकर्ड कायम गरेको थियो ।  

आज नेप्से ८८.१२ अंकले बढेर दुई हजार एक सय ७५ दशमलब १२ विन्दुमा पुगेको छ भने ६ अर्ब ३४ करोड ४० लाख १७ हजार ८८९ रुपैयाँ बराबरको कारोबार भएको छ ।

नेप्सेका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये सबै समूहमा हरियाली छाएको हो ।    

गाउँ सहर डेस्क

तपाईँको मत