खेल

आर्सनलको तीन खेलमा सहज जीत

काठमाडाैँ । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले सहज जित भएको छ ।

शनिबार राति भएको खेलमा आर्सनलले वेस्ट ब्रोमलाई ४–० ले हराएको हो । यो सिजन निकै कमजोर बनेको आर्सनलले पछिल्लो समय जित निकाल्न सफल भएको हो । आर्सनलले लिगमा पछिल्ला तीन खेलमा सहज जित हात पारेको छ ।

आर्सनलका लागि खेलको २३औं मिनेटमा किरेन टिएर्नीले गोल गर्दैै पाहुना टोलीलाई अग्रता दिलाएका थिए । त्यसको पाँच मिनेटपछि बुकायो साकाले गोल गर्दै टिमको अग्रता दोब्बर पारेका हुन् ।

अलेक्जेन्ड्रे लाकाजेट्टीले दोस्रो हाफमा लगातार दुई गोल गर्दै आर्सनललाई फराकिलो जिततर्फ अग्रसर गराएका थिए । लाकाजेट्टीले चार मिनेटको अन्तरमा दुई गोल गर्दै आर्सनललाई सानदार जित दिलाएका हुन् ।

जितसँगै आर्सनल २३ अंक जोड्दै तालिकाको ११औँ स्थानमा पुग्न सफल भएका हुन् ।  पराजित वेस्ट ब्रोम भने रेलिगेसन जोनमा रहेको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत