नेपाल टेलिकमले एनटि टिभी सेवा सञ्चालनमा ल्याउने
- गाउँ सहर डेस्क
- १५ पौष बुधबार, २०७७ | १३:३७:०० मा प्रकाशित
काठमाडौँ । नेपाल टेलिकमले एनटि टिभी (NTTV) सेवा सञ्चालनमा ल्याउने भएको छ । टेलिकमले यही पुष १७ गते (१ जनवरी २०२१ ) देखि NTTV ब्राण्डमा फाइबर टू दि होम (FTTH) मार्फत आईपी टिभी (IPTV) सेवा सञ्चालनमा ल्याउने भएको हो । हाल टेलिकमले एफटीटीएच सेवाबाट भ्वाइस सेवा र डाटा सेवा उपलब्ध गराई रहेकोमा अब आईपी टिभी सेवा पनि थप गर्न लागेका जनाएको छ ।
कम्पनीको NTTV सेवाका लागि एफटीटीएच नेटवर्कको पहुँच अपरिहार्य रहेको हुनाले तत्कालका लागि यो सेवा काठमाण्डौं उपत्यका भित्रका सुन्धारा, बबरमहल, ठिमी, बलम्बु, भक्तपुर, चाबहिल, छाउनी, गोंगबु, पाटन, हात्तिर्गौडा, जोरपाटी, किर्तिपुर, सैबु, लुभु, नक्साल तथा उपत्यका बाहिर बनेपामा एफटीटीएच नेटवर्क पुगिसकेका र प्राविधिक रुपमा एफटीटीएच वितरण गर्न सकिने स्थानहरुमा उपलब्ध हुने भएका छन् ।
हाल कम्पनीको एफटीटीएच सेवामार्फत भ्वाइस सेवा वा डाटा सेवा वा दुवै सेवा प्रयोग गरिरहेका ग्राहकवर्गले एनटि टिभि सेवा प्राप्त गर्न नजिकैको नेपाल टेलिकम कार्यालयमा सम्पर्क गर्नुपर्नेछ । एनटि टिभी सेवा प्रयोग गर्न ग्राहकले कम्पनीबाट STB (Set Top Box) खरिद गर्नुपर्नेछ भने ग्राहकले प्रयोग गरिरहेको traditional टिभि सेट र आधुनिक digital टिभि सेटमा एनटि टिभी हेर्न सकिने टेलिकमले जनाएको छ ।
विभिन्न राष्ट्रिय टिभि च्यानल तथा विदेशी च्यानलहरु उपलब्ध हुने एनटि टिभि सेवा कम्पनीले विभिन्न प्याकेजमा वितरण गर्ने हुनाले ग्राहकवर्गले आफ्नो आवश्यकता र उपयुक्तता अनुसारको प्याकेज छनौंट गरी सेवा लिन सक्नेछन् । प्याकेज तथा दररेट सम्बन्धि जानकारी कम्पनीको website तथा अन्य माध्यमहरुबाट सार्वजनिक गर्ने तयारी भइरहेको नेपाल टेलिकमले बताएको छ । साथै, एनटि टिभि सम्बन्धमा ग्राहकवर्गलाई उपयोगी हुने थप जानकारी FAQ को रुपमा तथा Set Top Box र FTTH Router बिचको Connection सम्बन्धि जानकारीहरु Video - clip जस्ता उपयुक्त माध्यमबाट ग्राहकवर्गको सुविधाका लागि उपलब्ध गर्ने तयारी भइरहेको छ ।
कम्पनीका भ्वाइस सेवा, डाटा सेवा र टिभि सेवा एउटै फाइबरको माध्यमबाट उपलब्ध हुने भएकोले कम्पनीका सेवाहरु ग्राहकवर्गलाई थप आकर्षक हुने अपेक्षा गरिएकाे छ ।
गाउँ सहर डेस्क
डेस्क गाउँ सहर डटकम टीमकाे टेवलवर्क हाे ।
- यसकारण पक्राउ परे दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल
- सरस्वतीलाई पानीमा र कमलको फूलमाथि नै किन देखाइन्छ ?
- नेपालमा २०.२७ प्रतिशत जनता गरिबीको रेखामुनि
- प्रतिपक्षी दलले बहिष्कार गरेकाे चुनावमा शेख हसिना विजयी, चौथो पटक प्रधानमन्त्री बन्ने
- विदेशिने विद्यार्थी तथा युवालाई यसरी सकिन्छ राेक्न
- आज विश्व माटो दिवस : यसकारण जोगाऔं माटो
- जाडाेमा एमालेले मध्य पहाडी लोकमार्गमा थालेकाे पदयात्राकाे सन्देश
- काठमाडाैं उपत्यकामा ‘निषेधाज्ञै निषेधाज्ञा’
- विश्वकप उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै, बिजेता र उपबिजेताले कति रुपैयाँ पाउँछन् ?
- बहुउपयोगी गाई पुज्नुकाे महिमा, वैज्ञानिक, धार्मिक र व्यवहारिक महत्वका विविध पक्ष
प्रतिकृया दिनुहोस