बैंकको ७ करोड घोटालाका मुख्य आरोपित पक्राउ
- गाउँ सहर डेस्क
- १४ पौष मंगलबार, २०७७ | १५:०५:०० मा प्रकाशित
ललितपुर । बैंकको ७ करोड घोटालाका मुख्य आरोपित पक्राउ परेका छन् । ललितपुरको कुमारीपाटीस्थित महालक्ष्मी विकास बैंक भएको घोटालाका मुख्य आरोपीलाई सिआइबीकाे टाेलीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा पाल्पा घर भई चन्द्रागिरि नगरपालिका बस्ने ६७ वर्षीय पद्म ज्ञवाली रहेका छन् । उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले पक्राउ गरेको जनाएको छ । उनलाई प्रहरीले सोमबार पक्राउ गरेको सिआइबीका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) सहकुल थापाले जानकारी दिएका छन् । उनका अनुसार ज्ञवाली सुन जाँचकी हुन्। उनीलगायत बैंकका कर्मचारीहरूको मिलेमतोमा कम धितो राखी बढी ऋण प्रवाह गरिएको थियो । ज्ञवाली मुख्य व्यक्ति हुन् थापाले भने।
ब्युरोले यस घोटालाका प्रमुख ऋणीहरूलाई पक्राउ गरिसकेको छ। तीन जना तत्कालीन शाखा प्रबन्धकसहित ७ जना पक्राउ परेका छन्। कर्मचारीहरू कतिसम्म समातिन्छन् अनुसन्धानको विषय भयो। प्रमुख ऋणीहरू समातिए,डिआइजी थापाले भने,सहायक ऋणीहरू तीन—चार जना समात्न बाँकी रहेको उनले बताए ।
बैंकका कर्मचारीकै मिलेमतोमा पाँच हजार २२८ ग्राम सुन धितो राखेर ७ करोड ४२ लाख ऋण प्रवाह गरेपछि सिआइबीले अनुसन्धान अघि बढाएको थियो। रकम बराबरको कर्जाका लागि १७ हजार ५०० ग्राम सुन धितो राख्न आवश्यक थियो।
अहिलेसम्म पक्राउ पर्नेमा तत्कालीन शाखा प्रबन्धक काठमाडौं महानगरपालिका ९ गौशालाकी ४२ वर्षीया स्मृति राना, पोखरा महानगर ९ घर भई चन्द्रगिर ११ सतुंगल बस्ने ३९ वर्षीया पिंकु पालिखे र ललितपुर महानगर ११ बस्ने ३७ वर्षीय अनिशसिंह सिंजापती रहेका छन्। खोटाङका पूर्ण राई र देवानन्द राईलाई प्रहरीले मंसिर २६ गते नै पक्राउ गरेको थियो। उनीहरू दुवै जना ललितपुरका सुन व्यवसायी हुन्। उनीहरूले राखेका कामदार सन्दीप लिम्बू पनि पक्राउ परेका थिए। उनी ललितपुर १४ विशाल चोकका रहेका छन्।
पूर्ण राई र देवानन्द राईले २०७४ सालयता पटक—पटक महालक्ष्मी विकास बैंक कुमारीपाटी शाखाबाट कर्जा लिँदै आएका थिए ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
गाउँ सहर डेस्क
डेस्क गाउँ सहर डटकम टीमकाे टेवलवर्क हाे ।
- थाहा पाइराख्नुहाेस् कस्ताे थियाे नेपालकाे पहिलाे बजेट ?
- विश्व हाँसो दिवस : एउटा मुस्कानले बदल्न सक्छ जीवन
- बुद्ध जयन्तीको अवसरमा स्वयम्भूनाथ र बाैद्धनाथ स्तूप (तस्बिरहरू)
- वैशाख १ मा मात्र फूल्ने अनाैठाे फूल ! के भन्छन् वनस्पतिविद्
- सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपतिको सम्बोधन LIVE
- आज जन आन्दोलन दिवस मनाइँदै
- पृथ्वीनारायण शाहका दिव्योपदेश : सधैँ सान्दर्भिक
- आनीबाट महिला राइडरसम्म सविना गोले र दुई पाङ्ग्रे क्वीन्सको धादिङ यात्रा
- दशैँ : कुन दिन कसकाे पूजा गरिन्छ, टीका कता फर्किएर लगाउने ?
- सहज जीवन चाहनुहुन्छ? यी कुरा ध्यान दिनुहोस्
प्रतिकृया दिनुहोस