गाउँ सहर

बोलेरो दुर्घटनामा चालकको घटनास्थलमै मृत्यु 

भोजपुर। बोलेरो दुर्घटनामा चालकको घटनास्थलमै मृत्यु छ । भोजपुर नगरपालिका–५ काउलेमा बोलेरोले किच्दा चालकको ज्यान गएको हो ।

आज बिहान ६ः३० बजे मे १ ज २९८८ नंको बोलेरोले किच्दा चालक ३८ वर्षीय प्रेमकुमार तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

आफैँ साहु तथा चालक रहेका तामाङलाई गाडी स्टार्ट नभएपछि मर्मत गर्ने क्रममा पछाडि सरेर किचेको थियो । तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत