समाज

निर्माणाधीन भवनको पाँचौँ तलाबाट खस्दा ज्यान गयाे

काठमाडौँ । निर्माणाधीन भवनको पाँचौँ तलाबाट खसेर एक महिलाको मृत्यु भएको छ । चुच्चेपाटीस्थित स्तूपा अस्पतालको निर्माणाधीन भवनको पाँचौँ तलाबाट खसेर एक महिलाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सिन्धुली घर भई सोही भवनमा ज्यामी काम गर्ने अन्दाजी ३५ वर्षीया निरुता तामाङ रहेको प्रहरीले जनाएको छ । निर्माणाधीन भवनको बाहिरी भागमा प्लास्टर गर्ने क्रममा आफूले टेकेको रड खुस्किएर भुइँमा पछारिएपछि चाबहिलस्थित मेडिकियर अस्पतालमा लगिएको थियो । अस्पतालले मृत घोषणा गरिसकेको महानगरीय प्रहरी वृत्त बौद्धका

प्रहरी नायब उपरीक्षक नवीन कार्कीले बताए । मृतकका आफन्तको पहिचान गरी सम्पर्क गर्ने काम भइरहेको प्रहरीले बताएको  छ ।

गाउँ सहर डेस्क

तपाईँको मत