अर्थतन्त्र

२ हजारले बढेपछि सुनको मूल्य स्थीर

काठमाडौँ । साताको पहिलो दिन आज पनि नेपाली बजारमा सुनचाँदीको मूल्य स्थीर रहेको छ । यसअघि लगातार तीन दिन बढ्दै आएको सुनको भाउ आइतबार भने स्थीर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार छापावाला सुन तोलामा ९४ हजार ३०३ रुपैयाँ, तेजावी सुनको भाउ ९३ हजार ८५४ र चाँदी प्रतितोला १ हजार २८० रुपैयाँमा कारोबार भइरहेको महासंघले बताएको छ । पुस यताका पछिल्लो तीन दिनमा सुनको भाउ दुइ हजार रुपैयाँले महङ्गिएको थियो । गत शुक्रबार पनि यही मूल्यमा कारोबार भएको थियो । 

गाउँ सहर डेस्क

तपाईँको मत