समाज

अभियानको दोस्रो चरणमा नौवटा छाउगोठ भत्काइयो

अछाम । अभियानको दोस्रो चरणमा ९ वटा छाउगोठ भत्काइएको छ । शनिबार मंगलसेनबाट गएको टोलीले दोश्रो चरणको पहिलो दिनमा पञ्चदेवल विनायक नगरपालिका–५ लयाँटीमा रहेका नौवटा छाउगोठ भत्काइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायसहितको टोलीले निरीक्षणका क्रममा पञ्चदेवल विनायक नगरपालिकाका २ वडामा चेतनामुलक कार्यक्रम समेत गरेको छ । 

उक्त कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी रञ्जनप्रसाद तिमिल्सेना, प्रहरी नायव उपरीक्षक योगेन्द्रसिंह थापा, नापी अधिकृत धर्मराज ओझा, बारलाका वडा अध्यक्ष ताराप्रसाद खनाल, नेकपाका नेता नन्द शाही, नेपाली काँग्रेसका पूर्वजिल्ला सचिव रामबहादुर शाही लगाएतको सहभागिता रहेको प्रहरीले बताएको छ । 

गाउँ सहर डेस्क

तपाईँको मत