अर्थतन्त्र

विश्वभर तेलको मूल्य वृद्धि हुने : विश्व बैँक

एजेन्सी । विश्वभर तेलको मूल्यमा वृद्धि हुने भएको छ । विश्व बैँकले विश्वभर तेलको मूल्यमा वृद्धि हुने बताएको हो । सन् २०२१ मा तेलको मूल्य प्रति ब्यारल ४४ डलर पुग्ने आँकलन गरिएको छ । सन् २०२२ मा ५० डलर प्रति ब्यारल पुग्ने विश्व बैकले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।

एजेन्सीका अनुसार, यस वर्ष प्रति ब्यारल ४१ डलर पुगेको छ । कोरोना महामारीको कारण मूल्यमा उतार चढाव हुने बताइएको छ । खोप बजारमा ल्याउने दौड चलिरहेको बेला यसको उत्पादन र वितरण अत्याधिक हुने र चाप बढ्ने भएको कारण समेत मूल्य वृद्धि हुने जनाइएको छ । भविष्यमा संक्रमणको संख्याले लकडाउनको अवस्था पनि आउन सक्ने अन्य पर्दाथ भन्दा तेलको मूल्यमा गिरावट पनि आउन सक्ने आकलन गरिएको छ । तर, खोप बजारमा उपलब्ध हुने क्रममा बिरतण र उत्पादनका लागि चाहिने तेलले यसको झरेको मूल्यलाई उकास्न निकै मद्दत पुग्ने देखिन्छ ।  कोरोना महामारीले गर्दा उपभोगमा समस्या र प्रभाव पर्ने अनुमान सहजै गर्न सकिन्छ । 

विश्व बैकका अनुसार,२०२१ को अन्त्यसम्ममा यसको खपत महामारी खगावै रहेको प्रतिशत भन्दा छ प्रतिशतमा रहने  देखिन्छ । 

गाउँ सहर डेस्क

तपाईँको मत