गाउँ सहर

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

सुनसरी । हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ । कोशी गाउँपालिका–७ मा जङ्गली हात्तीको आक्रमणबाट आज बिहान एक जनाको मृत्यु भएको हो  । मृत्यु हुनेमा वडा नं ६ श्रीपुरजब्दीका २८ वर्षीय प्रमोद यादव रहेका छन् । 

कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केर आएको मकुना हात्तीको आक्रमणबाट यादवको मृत्यु भएको हो । आइतबार राति आरक्षबाट आएको हात्तीले आज बिहान आरक्षतर्फ फर्किने क्रममा आफ्नै खेतमा काम गरिरहेका यादवलाई आक्रमण गरेको थियो । हात्तीको आक्रमणबाट यादवको घटनास्थलमै मृत्यु भएको स्थानीयवासी धर्मेन्द्र मेहताले बताएका छन् । 

घटनापछि आरक्ष कार्यालयका कर्मचारी, नेपाली सेना र नेपाल प्रहरीको टोली घटनास्थलमा गई अनुसन्धान शुरु गरिएको छ । स्थानीयवासीले पटक–पटक आरक्षबाट आउने जङ्गली जनावर,अर्ना, बँदेल लगायतका जनावरले बालीनाली नष्ट गर्नाका साथै स्थानीय समुदायको घर समेत तोडफोड गर्ने गरेको र मानवीय क्षती समेत भएको हुँदा आफूहरु प्रताडित भएको भन्दै नियन्त्रणका लागि माग गरेका छन् । 

गाउँ सहर डेस्क

तपाईँको मत