स्वास्थ्य

विश्वभर काेराेनाबाट निकाे हुने संख्या एक कराेड नाघ्याे, ६६ हजारकाे स्वास्थ्य अवस्था गम्भीर

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोना भाइरसकाबाट संक्रमित हुने र निको हुने दुवैको संख्या बढिरहेको छ । विश्वभर काेराेनाभाइरस संक्रमितमध्ये हाल ५७ लाख १८ हजार ४१४ जना उपचाररत छन् । 

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या १ कराेड ४२ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने १ करोड ६४ लाख १२ हजार नाघेको छ भने मृतकको संख्या ६ लाख ५२ हजार ३९ पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार ५७ लाख १८ हजार ४१४ जनामा सक्रिय केशमध्ये ६६ हजार २४७ जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा ४३ लाख ७१ हजारभन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म १ लाख ४९ हजार ८४९ जनाले ज्यान गुमाइसकेका छन् भने १८ हजार ९३६ जनाकाे अवस्था गम्भीर छ । अहिलेसम्म २० लाख ९० हजार भन्दा बढि जना निको भइसकेका छन् ।

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म १४ लाख ३६ हजार १९ पुगि विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा तेस्रो नम्बरमा छ । संक्रमित मध्ये ३२ हजार ८१२ जनाको ज्यान गइसकेको छ । जसमध्ये ९ लाख १८ हजार ७३५ जना निको भएका छन् । ८ हजार ९४४ जनाकाे अवस्था गम्भीर छ । 

नेपालमा भाइरस संक्रमित १८ हजार ६१३ जना पुगेका छन् भने १३ हजार १२८ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ४५ पुगेको छ भने ५ हजार ४४० जना उपचाररत छन्  । 

गाउँ सहर डेस्क

तपाईँको मत