विश्व

कोरोनाभाइरसको अन्त्य ९ डिसेम्बर २०२० मा

काठमाडौँ । कोरोनाभाइरसले विश्व चपेटामा पारेको छ । अहिलेसम्म दुइलाख भन्दा बढीको मृत्यु भइसकेको छ भने ३० लाख बढिमा संक्रमण फैलिसकेको छ । अधिकांशत देशहरु अहिले लकडाउनको अवस्थामा छन् ।

यसबेला सबैको प्रश्न छ संसारबाट कोरोना कहिले सकिन्छ ? लकडाउन पूर्णतया समाप्त कहिले हुन्छ ? सामान्य जीवन फेरी कहिलेबाट प्राप्त हुन्छ ? यो अवस्थामा सिंगापुरका शोधकर्ताहरुले थोरै खुसीको खबर बाहिर ल्याएका छन् ।

सिंगापुर यूनिभर्सिटी अफ टेक्नोलोजी एण्ड डिजाइनका शोधकर्ताले आर्टिफिशीयल इन्टेलिजेन्स ड्रिवेन डेटा एनालिशिसले संसारबाट कोरोनाभाइरसको अन्त्य बताएको छ । अध्ययनका अनुसार, संसारका सबै देशहरुमा भाइरसको समाप्ति ९ डिसेम्बर २०२० सम्म हुनेछ । भारतमा पूर्णतया २६ जुलाई, अमेरिकामा २७ अगष्ट, स्पेनमा ७ अगष्ट, फ्रान्समा १८ मे, बेलायतमा २७ मे, जर्मनीमा १५ मे, क्यानडामा ३० मे, जापानमा ५ जून, र इटलीमा २५ अगष्टसम्म भाइरस समाप्त हुने बताइएको छ ।

शोधकर्ताले यो महामारी समाप्त हुने तीन अनुमानित समय बताएका छन् । उनीहरुका अनुसार कोरोना ९७ प्रतिशत कहिले समाप्त हुन्छ, ९९ प्रतिशत र पुनः १०० प्रतिशतसम्म कहिले अन्त्य हुन्छ । यसलाई ग्राफद्वारा वर्णन गरिएको छ । संसारका हरेक देश कोरोनाबाट मुक्ति हुने संभावित समय पनि बताइएको छ । तर शोधकर्ताले समय केही तलमाथि हुनसक्ने कुरालाई पनि बताएका छन् ।

शोधकर्ताले यो आंकलन संसारभरका कोरोना संक्रमण, मृत्यु र निको भएका तथ्यांकको तुलनात्मक अध्ययनको आधारमा गरेका छन् । उनीहरुले ९ डिसेम्बर २०२० सम्ममा कोरोनाको अन्त्यको अनुमान गरेका हुन् । एजेन्सीको सहयोगमा
 

गाउँ सहर डेस्क

तपाईँको मत