अर्थतन्त्र

चेक बाउन्समा फौजदारी कारबाही हुँदैन भनेर ढुक्क नहुनुहाेस, यसाे गर्ने अब “कालाेसूचीमा”

काठमाडौँ । चेक बाउन्स र कारबाहीलाइ लिएर जालसाजी गर्नेकाे जमातले ताली बजाएपनि याे विषयमा राष्ट्र बैंक कडा रूपमा प्रस्तुत हुने भएकाे छ ।

बैंकप्रतिको विश्वास कायम गर्न नेपाल राष्ट्र बैंकले बाउन्स चेकको विषयमा कडा रुपले प्रस्तुत भएको हो ।

अधिकांश समय चेक काट्दै समयमा भूक्तानि नहुँदा दुःख पाएकाे निवेदन अधिक पर्दै आएका थिए । 

तर, अब पीडा भाेग्नु नपर्ने भएकाे छ । जसले जालसाजी गर्याे उ बैंकिङ कसुरकै सजायभित्र पर्दैछ ।

नेपाल राष्ट्र बैंक बाउन्स चेकको विषयमा कडा रुपले प्रस्तुत भएको छ । राष्ट्र बैंकले एकीकृत निर्देशिका मार्फत पैसा नभएको खाताको चेक काटे र चेकमा हस्ताक्षर नमिले एकसाताको म्याद दिने र त्यसपछि कालो सूचीमा राख्ने व्यवस्था गरेको छ ।

बैंकिङ प्रणालीप्रति विश्वास कायम गर्न यस्तो नीति लिइएको राष्ट्र बैंक स्राेतले बताएको छ । खातामा रकम नभएमा वा अपुग भएमा तथा हस्ताक्षर नमिलेमा बैंकले एक साताको समयसीमाभित्र खातावालालाई जानकारी दिनु पर्ने छ । उक्त अवधिमा भुक्तानी नभए उक्त व्यक्ति कालोसूचीमा पर्ने छ । अब यो विषय बैंकिङ कसुरको सजायमा पर्ने छ ।

यसले चेकबुककाे जतन, चेक काट्नमा सतर्कता, व्यालेन्सकाे अवस्था, हस्ताक्षर जस्ता कुराहरूमा सतर्कताकाे लागि ७ दिनकाे समय पाइने छ । नत्र तपाईंलाई बैंंकिङ कसुर अन्तरतग सजाय हुनेछ ।

यहि विषयमा अगाडि के भएकाे थियाे ?

चेक बाउन्ससम्बन्धी  मुद्धा फौजदारी नभइ विनियम अधिकारपत्र ऐन अनुसार हुने भएको थियाे । सर्वोच्च अदालतले गत साउन १४ मा यो विषय सरकारवादी फौजदारी मुद्दा नहुने फैसला गरेको थियाे ।

सर्वोच्चका न्यायाधीशहरु कुमार रेग्मी र डम्बरबहादुर शाहीको संयुक्त इजलासले चेक बाउन्ससम्बन्धी मुद्दा सरकारवादी फौजदारी नभई विनिमय अधिकार पत्र ऐनअनुसार दुनियावादी देवानी मुद्दा हुने फैसला गरेको थियाे ।

सर्वोच्चले सरकारवादी फौजदारी मुद्दा अन्तरगत चलाउँदा भन्दा विनिमय अधिकार पत्र ऐनअुनसार मुद्दा चलाउँदा पीडितको अधिकार बढी सुरक्षित हुने ठहर गरेको थियाे ।

विनिमय ऐन २०३४ अनुसार सुनुवाइ हुँदा सम्बन्धित व्यक्तिले अदालतबाट मुद्दा फैसला भएर रकम लिने दिनसम्मको ब्याजसमेत पाउने भएको थियाे ।

आफ्नो निक्षेप छैन भन्ने जानी जानी कुनै व्यक्तिले चेक काटी कसैलाई हस्तान्तरण गरेमा चेक अनादर भएमा चेक काट्ने व्यक्तिबाट चेकमा उल्लेखित रकम र ब्याज समेत धारकलाई भराई चेक काट्ने व्यक्तिलाई तीन महिनासम्म कैद वा तीन हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने फैसला गरेकाे थियाे ।

गाउँ सहर संवाददाता

तपाईँको मत