यस्ताे छ नेपाल टेलिकमको ९ महिनाको आम्दानी
- गाउँ सहर संवाददाता
- ५ जेठ सोमबार, २०८२ | १२:३३:०० मा प्रकाशित
काठमाडौं । सरकारी स्वमित्वको कम्पनी नेपाल टेलिकमको नाफा ४८.६७ प्रतिशतले घटेको छ ।
नेपाल टेलिकम लिमिटेडले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमास (चैत मसान्त) सम्मको वित्तीय विवरण अनुसार खुद नाफा २ अर्ब ८४ करोड २२ लाख रुपैयाँ खुद नाफा रहेको छ र यस्तो नाफा गत वर्षको सोही अवधिको तुलनामा ४८.६७ प्रतिशले घटेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ५ अर्ब ५३ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
टेलिकमको ब्याज आम्दानी ४६ प्रतिशत घटेको छ । पहिले ब्याजवापत ५ अर्ब १९ करोड रुपैयाँ आम्दानी गरेको कम्पनीले अहिले २ अर्ब ८० करोड ३५ लाख रुपैयाँ मात्रै आम्दानी गरेको छ ।
टेलिकमले टेलिकम सेवा बेचेर गरेको आम्दानी पनि २५ अर्ब ४८ करोड रुपैयाँबाट केही घटेर २५ अर्ब ३१ करोड रुपैयाँ कायम भएको छ ।
यसको कुल आम्दानी भने ३१ अर्ब २० करोड रुपैयाँ रहेकोबाट घटेर २८ अर्ब ४३ करोड रुपैयाँमामा सिमित भएको छ ।
नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी घटेको छ । वार्षिक प्रतिसेयर आम्दानी जम्मा २१ रुपैयाँ ५ पैसामा खुम्चिएको छ । गत वर्ष वार्षिक प्रतिसेयर आम्दानी ४१ रुपैयाँ थियो ।
१८ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको टेलिकमको जगेडा कोषमा ७२ अर्ब ७० करोड रुपैयाँ सञ्चित छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ५०३ रुपैयाँ ९३ पैसा छ भने मूल्य आम्दानी अनुपात ४२.७४ गुणा रहेको छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
- चीनको तिब्बतमा पुन: ड्याम फुट्यो, सतर्कता अपनाउन आग्रह
- आज जनैपूर्णिमा र रक्षाबन्धन पर्व मनाइँदै, यसकारण लगाइन्छ जनै र रक्षाबन्धन
- विपत्तिमा कोटेश्वर क्याम्पसको साथ, बाढीपीडितका लागि ५१ हजार सहयोग
- सर्वदलीय बैठक: १० बुँदे सर्वदलीय संकल्प, उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन
- भोटेकोशी बाढी प्रभावितका नाममा जथाभावी आर्थिक सहयोग संकलन नगर्न र नगराउन आग्रह
- ‘यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न’ : बाढीपीडितलाई प्रधानमन्त्री शाहको ढाडस
- डीडीसीले सुरु गर्यो घिउ निर्यात
- नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्की
- बागमतीमा ६ मन्त्रीले लिए शपथ
प्रतिकृया दिनुहोस