सुनिल पौडेलसहित पाँचजना र कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा, पाँच करोड ७९ लाख बिगो दाबी
- गाउँ सहर संवाददाता
- ५ जेठ सोमबार, २०८२ | १५:२३:०० मा प्रकाशित

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित पाँचजना र कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
उनीहरूले आरआईएससी र एचसीआई सर्भर खरिद प्रक्रियामा ठूलो रकम भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले सोमबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
अख्तियारले मुद्दा दायर गरेका अन्यमा राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन सहायक निर्देशक रमेश पोख्रेल, कम्प्युटर इन्जिनियर रामशरण गायक, तत्कालीन लेखा अधिकृत निमबहादुर वली, म्याक्स इन्टरनेसनल प्रालि पुतलीसडक र उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत अकबर हुसेन रहेका छन् ।
मुद्दा दायर गरिएका प्रत्येकसँग पाँच करोड ७९ लाख रुपैयाँ बिगो दाबी गरिएको छ ।
आर्थिक वर्ष २०७५/७६ मा ‘सप्लाई, डेलिभरी एन्ड इन्स्टलेसन एन्ड कमिसनिङ अफ आरआईएससी एन्ड एससीआई सर्भर’ खरिद सन्देहपूर्ण रहेको भन्दै उजुर परेपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो ।
अनुसन्धान हुँदा राष्ट्रिय सूचना प्रविधि केन्द्रले २६ करोड २९ लाख ५३ हजार ३३५ रुपैयाँ ३३ पैसा लागत अनुमान तयार गरी पेस गरेको बोलपत्रमा मिलेमतोमा पाँच करोड ७९ लाख रुपैयाँ भ्रष्टाचार भएको पाइएको अख्तियारद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस